लैंङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) सम्बन्धी तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेका तिन वटा स्थानीय तहकाका १२ विद्यालयका फोकल शिक्षक, शिक्षक, सामाजिक परिचालकहरु तथा खजुरा गाउँपालिका शिक्षा शाखाको टिमको सहभागितामा सञ्चालीत ४ दिने तालिम आज सम्पन्न भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत आयोजना गरिएको चार दिने तालिम लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धी रहेको थियो ।


असोज १८ गते देखि २१ गतेसम्म चलेको तालिमको सहजीकरण सामाजिक परिचालकहरुको सहयोगमा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मा राई र कार्यक्रम अधिकृत निरोज कोइरालाले गरेको थिए ।

कार्यक्रमको समापनमा बोल्दै तालिमका सहभागी तथा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम निकै उपयोगी भएको बताए । उनले तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागू गरि नमूना काम गर्न सबैलाई अनुरोध गरे ।

तालिमको समापनमा बोल्ने सहभागी शिक्षकहरुले लैङ्गिक तथा जलवायु परिवर्तनका बारेमा स्पष्टसँग जानकारी भएको र बिद्यालयमा सिकेको कुरालाई लागू गर्ने प्रतिबद्धता गरेका थिए । सो क्रममा तालिमका सहभागी तथा खजुरा गाँउपालिका शिक्षा शाखाका प्रास निर्मल रेग्मी, सुमन सिंह बस्नेत लगायतले आफ्ना सिकाईबारे भनाई राखेका थिए ।

बासका कार्यवाहक अध्यक्ष शिब कुमार बर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागी शिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सञ्चालन गरेको समापन सत्रमा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, निर्मल रेग्मी, रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवँर, वरिष्ठ अधिकृत सुष्मा राई, कार्यक्रम अधिकृत निरोज कोइराला, बासका केन्द्रीय निर्वतमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो ।

तालिममा खजुरा, बैजनाथ र कोहलपुरका फोकल शिक्षक, शिक्षक र सामाजिक परिचालक तथा खजुरा गाउँपालिका शिक्षा शाखाको प्रमुख तथा प्रास गरि २९ जनाको सहभागिता रहको छ ।

  • २१ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech