दैलेख/ दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको असोज ३ गतेको कार्यापालिकको वैठकले ७१ जना करार सेवाका कर्मचारी हटाए पछि सिर्जना भएको विवाद अन्तत विशेष नगरसभाको प्रस्ताव सम्म पुगेको छ ।
आफैले हस्ताक्षर गरेको आव.०८१।०८२को बजेट रातो कितावमा आउदा फरक रुपले आएको भनि असोज १३ गतेका दिन कार्यापालिकामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पाटि र नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधीले बिरोध स्वरुप कोण सभा गरेका थिए ।
कोण सभामा बोल्दै चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हस्तप्रसाद शर्माले कर्मचारीलाई वडामा खटाउनु सक्दैन भने राजिनामा दिएर निकास दिन आग्रह गरेका थिए । राजनितिक पुर्वाग्राहीले गर्दा कर्मचारी हटाउनु गलत सँस्कार भएको बताएका थिए । जनताका दैनिक कामहरु सहज रुपमा सुचारु भएन भने नगर सरकारलाई कुर्चिबाट बाहिर सडकमा ल्याउने चेतनावनी दिन चाहान्छु उनको भनाई रहेको थियो ।
८ दिन पछि दर्ता थयो विशेष नगर सभाको प्रस्ताव
सामाजिक परिचालक,पशुसेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथों , अ.हे.व. चौथों, नगर प्रहरी, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र कुचिकार लाई संघिय सरकारको वित्तिय समानिकरण वजेट बाट तलब भुक्तानी गरी अपचलन गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि हटाइएका कर्मचारीहरुको ठाउँमा थप कर्मचारी पठाउन नसक्दा चामुण्डा विन्द्रासैनी नगरपालिकाको वडा नं. १,६,७ आजका दिन सम्म पनि सचिव विहिन रहेको छ ।
कर्मचारी व्यवस्थापन समयमा नभएको भन्ने जन गुनासो बढेपछि कार्यापालिकामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पाटि र नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधीले बिरोध स्वरुप कोण सभा गरी विशेष नगरसभाको मागका लागि ३४ जनाको हस्ताक्षर असोज १३ गते नै संकलन गरेका थिए ।
हस्ताक्षर संकलन गरेको ८ दिन पछिमात्रै आइतबार चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्ल समक्ष सो ज्ञापन पत्र बुझाइएको थियो ।
ज्ञापन पत्र समयमा नै नबुझाएको विषयमा पनि आशंका उत्पन्न भएको एक जन प्रतिनिधिले बताएका छन । १३ गते हस्ताक्षर गरेको ज्ञापन पत्र २० गते सम्म राख्नु आफैमा शंकास्पद रहेको उनले बताए । आखिर प्रमुख प्रशासकिय अधिकृत लाई बुझाउनु थियो भने यत्रो दिन किन कुर्नु पर्यो । उनले भने यो बिचमा नगर सरकार सँग बार्गेनिगं चल्यो होला, कुरा नमिले पछि नगर प्रमुख र उपप्रमुख नहुदा पनि दर्ता गरेको नाटक गरियो ।
नेतृत्वविहीन नगरपालिका
करार सेवा का कर्मचारीको विवाद बढेपछि केहि दिन यता नगर प्रमुख गणेश कुमार शाही तथा नगर उपप्रमुख मनसरा कुमारी रेग्मी कार्यालय भन्दा बाहिर हुनुहुन्छ ।
नगर प्रमुख कार्यालय भन्दा बाहिर हुँदा नगर उपप्रमुख लाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने परम्परा रहेपनि दुवै जना कार्यालय बाहिर रहँदा कसैलाई पनि नगर प्रमुखको जिम्मेवारी दिएको देखिदैन ।
यस बारेमा प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्ल सँग बुझदा आफुलाई कसैलाई कार्यबाहकको जिम्मेवारी दिएको जानकारी नभएको बताएका छन् । नगर प्रमुखको जिम्मेवारी भएकाले आफुले पनि कसलाई कार्याबाहक दिएको भनि नसोधेको उनले बताएका छन् ।