नेपालगञ्ज / बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले नेपाल प्रहरी आम नागरिकको आशा र भरोसा बन्नुपर्ने बताएका छन् ।
६९ औं प्रहरी दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालयको परिसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअ रिजालले सो कुरा बताएका हुन् । नेपाल प्रहरीको गर्विलो ईतिहास र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेकोले उक्त आशा र भरोसालाई कायम राख्दै अगाडी बढ्नुपर्नेमा उनको जोड थियो ।
“साईबर सुरक्षाबारे बारे फैलाउदै सचेतना शन्देश, जुटौ निर्माण गर्न सुन्दर सामाजिक परिबेश” “अपराध रोक्ने सकल्प प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुसन्धान” भन्ने मुख्य नारा सहित आयोजत ६९ औं प्रहरी दिवसको अवसरमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रमका बिशिष्ट अतिथि प्रशान्त बिष्टले आफनो देशमा मात्र नभएर देश बाहिर समेत नेपाल प्रहरीले राम्रो काम गर्दै आएको बताउँदै देशको शान्ती सुब्यवस्था कायम राख्न महत्वपुर्ण भुमिका खेल्ने क्रममा बिरगति प्राप्त गरेका शहिदहरुको शालिक राख्न स्थानिय सरकारले जग्गा उपलब्ध गराउने बताए ।
त्यस्तै कार्यक्रममा अमर प्रहरी परिवारको तर्फबाट बोल्दै कार्यक्रमका अतिथि एकमाया बिश्वकर्माले थुप्रै ठाउँमा सरकारी जमिनहरु खाली रहेकाले देशकालागि बलिदानी दिएका शहिद प्रहरीहरुको सम्मानमा शालीक निर्माण गर्न स्थानिय सरकार प्रमुख, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईन् ।
प्रमुख अतिथिबाट बाट अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण अथितिहरुले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।
सो अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, नेपाली सेनाका सेनानी, शसस्त्र प्रहरी बलका स.प्र.उ. बिमल डाँगी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख ओम बहादुर खड्का, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी लगायतका अतिथी हरुको उपस्थिति रहेको कार्यक्रममा बाँकेका प्रहरी नायव उपरिक्षक आयुश प्रसाद जोशीले प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त सुभकामना सन्देश वाचन गर्नु गरेका थिए ।
उक्त कार्यक्रममा जेष्ठ पुर्व प्रहरीलाई सम्मान स्वरुप प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षक बाट प्राप्त कदर पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो भने ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस र कुर्सी दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो ।
कार्यक्रमको अध्यक्षता गरिरहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी सदैव तत्पर रहेको बताएका थिए भने कार्यक्रम सञ्चालन प्रहरी निरीक्षक हिमराज बि.क.ले गरेका थिए ।