छ प्रश्नमा खगेन्द्र कुमार वली

असल शासन प्रतिनिधि

खगेन्द्र कुमार वली

संञ्चालक, kings Educational Consultancy pvt. ltd.

१. तपाँईको जीवन को आदर्श के हो ?

– आत्म सन्तुष्टि, सादा जीवन यापन तडभडक रहितको जीवन जिउनु मेरो जिवनको आदर्श हो ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?

– सर्वप्रथम त मलाई जन्मदिने आमा बुवा र मेरो परिवार हो । त्यसपछी  खास गरि म अहिले जुन क्षेत्रमा छु र जहाँ जे काम गरिरहेको छु त्यो क्षेत्रमा लाग्नुको उत्प्रेरक म आफै हो किन भने मानिस भएर जन्म लिई सकेपछी केही न केही गर्नुपर्छ भन्ने मेरो आफ्नो सिद्वान्त हो त्यही सिन्द्वान्तलाई आधार मानी म अगाडि बढिरहेको छु त्यसकारण  मलाई अझै काम गर्ने उत्प्रेरणा मिलिरहेको ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?

– म एउटा शैक्षिक क्षेत्रको ब्यक्ति भएको कारणले गर्दा मैले गरिरहेको विभिन्न गतिबिधिबाट मेरो समाजको लागि कहि न कतै प्रभाव परिरहेको हुन्छ । पछिल्लो समयका युवापुस्ताहरुमा हाम्रो नेपालमा केही गर्न सकिँदैन भन्ने जुन मान्यता छ त्यस्ता युवाहरुको लागि हाम्रो नेपालमा हामिले आफ्नो भबिष्य बनाउन सक्छौ भन्ने उदहरण म आफै हो भन्ने कुरालाई जोड दिदै विशेष युवापुस्ताहरुमा यसको ज्ञान फैलाउने र यदि बिदेश जानै परेमा पनि केही न केही सिकेर जानू पर्दछ भने उद्देश्यले मैले मेरो एउटा शैक्षिक संस्था स्थापना गरि आफ्नो कार्यलाई अगाडि पढाईरहेको छु ।

४. तपाईको जिवनको अबिस्मरणिय क्षण के हो ?

– आज भन्दा करिब १८ बर्ष पहिले म दैलेखको साबिक मकुट्क  गाउँ, हालको गुराँस गाउँपालिका वडा–८ मा बस्थे । एक दिन मेरो अंकलले मलाई क्यासेट हाल्ने टेप दिनुभयो त्यो खुसिमा मैले मेरो हजुरआमाको पैसा राख्ने बाकसको चाबी  उहाँलाई दिए जुन बाकसमा हजुरआमाले ३०,००० राखेको मैले देखेको थिए । त्यतिबेला क्यासेट हाल्ने टेप भनेपछी अहिले आईफोन बराबर लाग्थ्यो । त्यसपछि अंकलले त्यो ३०,००० त्यहाँबाट निकालेर लिनु भयो र त्यो कुरा मम्मिले थाह पाएपछि मलाई नराम्रो तरिकाले सिस्नो पानीले पिटेको म कहिल्यै पनि बिर्सिन सक्दिन त्यो घटनाले मेरो जिन्दगो बनायो । जुन मेरो जिवनको अविस्मरणिय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?

– मेरो बुझाईमा असल शासन भन्ने बित्तिकै भ्रष्टाचार रहित,  निस्पक्ष, तटस्थ, प्रभावकारी, जनमुखी शासन हो  ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के छ ?

– पछिल्लो समयमा नेपालका युवाहरु बिदेश पलायन भईरहेको बेला सकेसम्म नेपालका युवाहरु स्वरोजगार बन्नु पर्दछ । नेपालमा पनि केही न कहि गर्नु पर्छ र गर्न सकिन्छ भनेर लाग्नु पर्छ भन्ने क्षिक्षा प्रदान गर्ने र त्यसको ज्वलन्त उदाहरण म आफैलाई दिन चाहन्छु । गरिब, बिपन्न, असाय र आर्थिक बिना शिक्षाको पहुँचमा नभएका भाईबहिनिहरुको लागि मेरो तर्फबाट हुन सक्ने सहयोग म गर्ने छु ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech