दिला शाह
अध्यक्ष, नेपाल घरेलु तथा सानो उद्योग महासंघ, नेपालगञ्ज
१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– मैले नेपाल घरेलु तथा सानो उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका समितिको नेतृत्व गर्दै गर्दा थुप्रै राम्रा कामहरु गर्ने अवसर मिलेको छ । यसमा म मात्रै नभएर हाम्रो टिमका एकदमै होनहार व्यक्तित्वहरूको साथ सहयोग र सहकार्यले यो सम्भव भएको हो । हामी नेपालगञ्ज समिति निर्वाचित भएर आइसकेपछि सर्वप्रथम त हामीले हाम्रा उद्यमीहरू कति हुनुहुन्छ र हाम्रा सदस्यहरूलाई पहिचान गरेर उहाँहरुलाई सदस्यताको घेरामा गोलबद्ध गर्ने काम भयो ।
उद्धम सञ्चालन गर्दै गर्दा आईपरेका अप्ठ्याराहरू र उहाँहरूका गुनासाहरु सुन्ने काम गर्यो । तत्पश्चात हामीले उहाँहरूको उद्यमलाई समेटिएको वेबसाइट पनि खोल्यौं र उद्यम दर्पण भनेर पुस्तक पनि प्रकाशन गर्यौं । त्यसमा हाम्रा सदस्यहरुका विभिन्न व्यवसायका बारेमा जानकारी दिने । साथै महत्त्वपूर्ण लेख रचनाहरु जानकारीमूलक सन्देशहरू र नेपाल घरेलु तथा साना उद्योग महासंघको नीति र उद्धम सम्बन्धी देशका विभिन्न कुराहरु लाई समेटेका छौं ।
यसैगरी हामीले विभिन्न उधम सम्बन्धि कार्यक्रम गर्यो र ती कार्यक्रमहरूलाई टेलिभिजनबाट, पत्रपत्रिका बाट जानकारी दिने काम गर्यौ । सँगसँगै हामीले नव उद्धमीहरूका लागि सिकाई केन्द्रका रुपमा नेपालगञ्ज इन्कुबेसन सेन्टरको स्थापना गरेर व्यवसाय सिक्न चाहने, सिप सिक्न चाहनेहरूका लागि मेन्टर, मेन्टी र स्टार्टअपहरूका लागि इन्कुवेसन सेन्टरको स्थापना गर्यौ । हामीले स्टार्टअपहरूलाई तीनवटा सिफ्टमा सिकाई पनि सकेका छौं विभिन्न किसिमका सीपमूलक तालिमहरु र उद्यमीका उत्पादित सामानहरुलाई बजारीकरण गर्नका लागि हाट बजारहरु पनि लगाइरहेका छौं ।
नेपालगञ्ज उपमहानगरपालिका समितिले आफ्नो कार्यकालमा धेरै राम्रो उपलब्धिहरु हाँसिल गरेको छ । हामीले आफ्नो नेपालगञ्ज उपमहानगरपालिका समिति भित्रका उद्यमीहरूलाई सजिलो सँग काम गर्नका लागि जग्गा पनि प्राप्त गरेका छौं यस्तो राम्रो काम गर्नमा हामीलाई बरिस्ठ समाजसेवी माधव राम बर्माजीले जग्गा उपलब्ध गराउनु भएको छ । ६ नम्बर वडा कार्यालय लगायत यस कार्यमा सहयोग गर्नुहुने टिमका साथी र अन्य सम्पूर्णलाई म धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु ।
उद्यमीहरूका गुनासाहरू समस्याहरू र सिकाई केन्द्रका रूपमा त्यहाँ हामी भवन बनाउने छौं अब तत्काल अहिले नै नभए पनि आगामी दिनमा एउटा सुन्दर भवन र त्यहाँ ठूलो सिकाई केन्द्र हुने छ भन्ने कुरा हामीले परिकल्पना गरेका छौं । आफ्नै देशमा उत्पादन गरेका हाम्रै नेपालीका हाम्रै उद्यमीका सामानहरू राखिएको एउटा ठूलो बिक्री कक्ष पनि हामी त्यहाँ स्थापना गर्ने सपना बोकेका छौ । त्यसै अनुरुप हाम्रो टिमले कार्य गरिरहेको छ ।
२.यँहाहरुको सहकार्य कुन कुन सस्था र निकायहरुसँग रहेको छ ?
– हाम्रो सहकार्य भनेको सर्वप्रथम त हामी आफ्ना उद्यमीहरूसँग नै गर्छौं । तत्पश्चात हामीले नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरेका छौं । सँगै हामीले अन्तर प्रेरणा भन्ने संस्थासँग पनि सहकार्य गर्यौ । त्यसैगरी उद्योग वाणिज्य संघ र विभिन्न व्यवसायिक छाता संगठनहरुसँग हाम्रो सहकार्य रहने गर्दछ । यो समाजमा रहेर जुनसुकै काम पनि एक्लैले गर्न सकिँदैन । त्यसैले हामी नारी विकास केन्द्र, उधोग वाणिज्य संघ, विभिन्न उद्यमसँग सम्बन्धित संघसंस्थाहरू, प्रदेश सरकारसँग यसैगरी केन्द्र सरकारसँग र विभिन्न जनप्रतिनिधिहरुसँग वडा, गाउँपालिकाहरूसँग पनि हाम्रो सहकार्य रहने गरेको छ ।
३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– हामीले उद्यमीहरूकै लागि काम गर्छौं र एउटा नयाँ काम गर्न चाहने नयाँ सोच बोकेको युवालाई पनि सल्लाह दिन्छौं । हामीसँग थुप्रै विषयमा विज्ञता हाँसिल गरेका मेन्टरहरु हुनुहुन्छ र हामीले मेन्टिहरुलाई कसरी सही बाटो दिने कसरी mयतष्खबतभ गर्ने भन्ने जस्ता कुराहरु लगायत हरेक क्षेत्रमा हामीले काम गरेका छौं । हामीले यसरी उत्साहित गरेका मोटिभेट गरेका र मोनिटरिङ गरेका धेरै महिला युवाहरुले आज नेपालमै व्यवसाय सुरु गर्नुभएको छ । व्यवसाय सुरु गरेर पनि सफलता हाँसिल गरिसक्नुभएको छ । नेपाल सरकारले दिने सहुलियत रकम बैंकमा पाईने कम ब्याजी पैसा लगायतका हरेक क्षेत्रमा व्यवसायका हक हितमा गरिरहेका छौ ।
४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्जले गरेका उल्लेखनिय कार्यहरुमा भन्नु पर्दाे इन्कुबेसन स्थापनार्थ विभिन्न व्यवसायिक कामहरू गर्नुका साथै धेरैलाई व्यवसायमा लाग्न प्रेरित गर्ने काम भएको छ । सँगै वेबसाइट उद्यम दर्पण पुस्तिका क्यालेन्डर र व्यवसायीहरुका दुःख पीडा गुनासाहरु सुन्ने काम गर्दै आएको छ भने बैंकसँग लबिङ गरेका छौं ।
भन्सारका समस्याहरुमा पनि विभिन्न संघ संस्थाहरूसँग सहकार्य गर्दै आएका छौ । उद्यमीका सरोकारका विषयहरु लिएर प्रदेश सरकारसँग, केन्द्र सरकारसँग स्थानीय सरकारसँग र वडा गाउँपालिकाहरुसँग पनि समन्वय सहकारी गर्दै काम गरेका छौं ।
५. सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– सामाजिक क्षेत्रमा काम गर्दा विभिन्न समस्या र चुनौतीहरू आईपर्छन् यो स्वभाविक कुरा हो । तर पनि हामीलाई हाम्रा उद्यमी व्यवसायी साथीहरुले राम्रो सहयोग गर्नुभएको छ । समाजका केही चुनौतीहरू लाई पनि हामीले सजिलै पार गरेका छौं । नितान्त उद्यमी व्यवसायीका दर्ता प्रोसेसका समस्याहरुमा बोल्दै गर्दा खेरि कतिपय चुनौतीहरु नआएका होइनन् तर पनि हामीले सजिलै ती समस्याहरूलाई पार गरेका छौं । यसमा हाम्रो टिमका साथीहरूको हिम्मत, साथ, सहयोग र हौसलाले सदैव प्रेरणा दिएको छ ।
६. आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– आगामी कार्यक्रम र योजनाहरू अझ सुन्दर छन् हामीले अहिले नै यही गर्छौं भन्दैनौं तर यसमा धेरै काम गर्नुपर्नेछ । उद्यमी व्यवसायीका क्षेत्रमा काम गर्दा हामी सदैव तटस्थ रहेर काम गर्नुपर्ने हुन्छ र अबका दिनमा हामीले भवन बनाएर व्यवसायीहरुका लागि हक हितका थुप्रै काम गर्न बाँकी छ । नेपालमा उत्पादन भएका उत्पानहरुलाई यही नै बिक्री वितरणका लागि बजारीकरणका लागि अत्यन्तै आवश्यक काम गर्नुपर्नेछ हाम्रा आगामी योजनाहरु अत्यन्तै महत्वपूर्ण छन् ।
७. असल शासन मिडियाको लागि केही भन्नुहुन्छ ?
– अन्त्यमा भन्नुपर्ने कुराहरू हामीले जबसम्म आफ्ना व्यवसायीहरु स्थानीय उत्पादनहरूलाई महत्व दिदैनौँ । तबसम्म हामी आर्थिक रुपमा सफल हुन सक्दैनौँ । एउटा देश सफल र सम्पन्न हुनका लागि हरेक क्षेत्रमा मानिसहरुले उद्यम व्यवसाय गरिरहेका आफैमा आत्मनिर्भर भएर कमाइरहेका र सबै स्वावलम्बी सो उद्यमी भएर अरुलाई पनि काम दिइरहेका त्यस्ता खालका उद्यम व्यवसायहरु र हरेक मानिसको हातमा सीप हुनुपर्छ ।
तब मात्रै विदेश जाने युवाहरूको लर्कोलाई रोक्न सकिन्छ । भोलिका दिनमा नेपाललाई सम्पन्न बनाउनका लागि अत्यन्तै राम्रो योजना बनाउन जरुरी छ । भोलिका दिनमा यो पद पोष्टमा म रहौला या नरहूँला जुनसुकै व्यक्ति यो पोस्टमा रहे पनि यसको गरिमालाई बचाई राख्नु होस् भन्न म चाहन्छु किनकि उद्धम र उद्यमी बिना यो देश सम्पन्न हुन सक्दैन ।