गरिमा खनाल धम्बोझी स्कुल नेपालगञ्जको कक्षा १० मा अध्ययनरत छिन् । उनी मेहनती छात्रा हुन् उनी भन्छिन् –मलाई मोटिभेसन्ल स्पिकर बन्ने मन छ । २०६६ बैशाख १८ गते उनी जन्मिएकी हुन् । बुबा माधव खनाल र आमा पार्वती खनालको कोखबाट उनको जन्म भएको हो । पढेर सफ्टवेयर इन्जिनियरिङ बन्ने धोको बोकेकी उनको मन पर्ने खेल ब्याडमिन्टन हो ।
बास नेपालद्धारा आयोजित पब्लिक स्पिच बाँकेमा गत बर्ष दोश्रो भएकी उनले बिभिन्न प्रतियोगिताहरुबाट बिभिन्न पुरस्कार प्राप्त गरेकि छन् ।
मेरो मिहिनेत गरेको समय खेर गएको छैन –उनी भन्छिन्– राम्रो नम्वर ल्याएर म उतिर्ण हुने गरेकि छु, म पढाई मा म धेरै मिहिनेत गर्छु ।
उनको मिल्ने साथि सोनिमा कार्की हुन् । भन्छिन् –मेरो साथीसग कहिलै छुटिन नपोस झै लाग्छ । उनको अविश्मरणिय पल डर लाग्दो छ । उनले अविष्मरणिय क्षण सम्झिन पनि गाह्रो लाग्छ । एक दिन घरमा मोटर बिग्रेको बेला उनी नल्का चलाउन गएकि थिईन् त्यतिकैमा एकासी बत्ती आयो, उनी नल्का मा चप्किन् । नल्का नजिक सुकेको रुख थियो त्यसलाई समातेपछि मात्र करेन्टले उनलाई छोड्यो । अस्पताल लगेको ३ घण्टा पछि मात्र होस आएको थियो । उनी सम्झिदै भन्छिन् –म भाग्यले बाचेको हुँ ।
उनको बिचार र भावना छ –एउटा अभिभावकले आफ्नो छोराछोरीहरुलाई हरेक कुराहरुमा अग्रसर गराउनु पर्छ । पढाई सगसगै राम्रो संस्कार पनि आवश्यक छ । पढाई भएर मात्र केही छैन अनुभव पनि अवश्य हुनु पर्छ । अनुभव भए पछि हरेक क्षेत्रमा अवसर पाउन सकिन्छ ।