अनलाईनका माध्यमबाट साहित्यिक जगेर्ना

असल शासन प्रतिनिधि

बिमला चन्द सानू
अध्यक्ष, समकालीन साहित्य चौतारी

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?

– नेपाली भाषा र साहित्यको विकास एवम् सम्बर्द्धनका लागि टेवा पु¥याउने उदेश्यका साथ २०७९ साल भदौ २५ गते वैधानिकता प्राप्त गरेको यस समकालीन साहित्य चौतारीले विगत २०७७ सालदेखि नै “समकालीन साहित्य चौतारी“ नामक फेसबुक पेजबाट निरन्तर विभिन्न विधाका सर्जकहरूका विधागत रचनालाई प्रत्यक्ष प्रसारण मार्फत विश्वव्यापीकरणको अभियान आजका मिति सम्म पनि निरन्तर संचालन गर्दै १२४४औं शृङ्खला सम्म आईपुगेका छौँ । नेपाली भाषा र साहित्यमा कलम चलाउनुहुने सर्जकहरूलाई अनलाईन कार्याशालामा जोड्दै नयाँ सर्जकका लागि विभिन्न साहित्यका बिधागत जानकारीहरू सम्प्रेषण गर्दै सिक्ने र सिकाउने थलोको रूपमा निरन्तर प्रस्तुत गरिरहेका छौं ।

प्रत्यक्षरूपमा हजारौं सर्जकका लाखौं सिर्जनाहरू विश्वव्यापीकरण गरिएका छन् र गरिरहेका छौं । विशेष गरि हामिले अनलाइनमा प्रभावकारी ढङ्गले निम्न कार्यक्रमहरू प्रस्तुत गरिरहेका छौं ।

क) नियमित फेसबूक प्रत्यक्ष प्रसारण  : जसमा हजारौं सर्जकका रचनाहरू प्रत्यक्षरूपमा सुन्ने र सुनाउने गरिरहेका छौं जसले गर्दा नयाँ सर्जकलाई लेख्ने हौसला मिलिरहेको छ भने निरन्तर साधनारत सर्जकका लागि आफ्नो रचना वाचन गर्ने एउटा विशाल मंच मिलिरहेको छ ।

ख) स्रस्टा चिनारी : जसमा नेपाली साहित्य लेखनमा आफ्नो अमुल्य योगदान दिनुहुने सर्जकलाई प्रत्यक्षरूमा अनलाईन प्रस्तुत गरेर सर्जकका लेखन अनुभवबाट नव सर्जककलाई हौसला र लेखन शैलीका साथै विधागत जानकारी सबै सामु पु¥याउने र स्रस्टाको व्यक्ति र व्यक्तित्वलाई सर्जकको आम सर्जकका सामु पु¥याउने मुख्य उद्देश्य रहेको छ ।

ख) प्रस्तोता सङ्ग प्रस्तोताको अन्तरङ्ग कुराकानी  : जसमा विभिन्न अनलाईन सस्थाहरू मार्फत चलाइएका प्रत्यक्ष प्रसारणमा प्रस्तोताकारूपमा कार्य गरिरहनुभएका प्रस्तोताज्यूहरू सङ्ग प्रत्यक्ष जोडिएर अनुभव साटासाट गर्दै नेपाली भाषा साहित्यमा एक प्रस्तोताले दिदै आएको योगदान र दिनसक्ने कार्यसम्पादन र क्षमताका बारेमा छलफल गर्ने जसले गर्दा साहित्यिक कार्यक्रमलाई अझै उत्कृष्ट र सफल गर्ने र एकअर्काका साहित्यिक सम्बन्धहरूलाई अझै थप मजबुत र बलियो बनाउन मद्दत पुगेको छ ।

घ) रेडियो साहित्यिक कार्यक्रम सङ्ग सहभागीता : जसमा टीकापुर एफ.एम. का विधागत दुई कार्यक्रम गजल विशेष मधुवन कार्यक्रम र छन्द कविता विशेष मृदुलय कार्यक्रमहरू उत्पादन गरिरहेका छौं जस मार्फत सयौं सर्जकका रचनाहरू रेडियो मार्फत प्रत्येक नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनीहरूको रेडियो सेट र मोबाईल सम्म विश्वभर पुर्याईरहेका छौं ।

२. यहाहरुको सहकार्य कुन कुन सस्था र निकायहरुसँग रहेको छ ?

– हामी हाल अनलाईनमा नेपाली भाषा साहित्यका उत्थानका लागि फेसबुक प्रत्यक्ष प्रसारण गरिरहेका आधा दर्जन भन्दा बढी साहित्यिक संघ सस्थाहरू र केही एफ एम रेडियोहरू सङ्ग साहित्यिक विकासका लागि सहकार्य गरिरहेका छौ । साथै विभिन्न सर्जकहरूका कृति प्रकाशन र विभिन्न साहित्यिक व्यक्तिहरू सङ्ग सहकार्य गरेका छौं ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?

– हामी निस्वार्थरूपमा नेपाली भाषा साहित्यको विकास र सम्बर्द्धनका लागि विभिन्न सामाजिक कार्यमा हातेमालो पनि गरिरहेका छौं विशेष गरि साहित्यिक सर्जकहरूमा आईपरेका विभिन्न आर्थिक सामाजिक सहयोगका कार्यक्रममा सहभागी भैरहेका छौं ।

४. सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?

– सामाजिकरूमा साहित्यको क्षेत्रलाई अघि बढाउन त्यति सहज छैन । आफैमा साहित्यलाई अझै पनि अनुत्पादकमुलक क्षेत्रकारूपमा धेरैले बुझिरहेको बेला सामाजिक र राष्ट्रिय रुपान्तरणका लागि कलमको औचित्य र उपयोगितालाई सशक्तरूमा प्रस्तुत गर्नु अहिलेको आवश्यकता हो । विभिन्न कालखण्डमा भएका सत्ता परिवर्तनका पछाडी पनि साहित्य लेखनको भुमिका र प्रभावकारीता जग जाहेर छ ।जनताका आवाजलाई जस्तोसुकै तानाशाह प्रवृतिका अघि निर्वाधरूमा सकारात्मक परिवर्तनका लागि कलमको अपरिहार्यता रहन्छ र रहिरहने छ भन्ने विश्वासका साथमा नेपाली साहित्यलाई पछिल्लो शताब्दीका लागि प्रेरणामूलक र सशक्तरूपमा प्रस्तुत हुन बद्लिदो समयको माग हो भन्ने अनुभुती गरिरहेका छौं जसमा हामी निरन्तर साधनारत छौं र रहने छौं ।

५. आगामी कार्यक्रम र योजनाहरु के के छन् ?

– हामी नेपाली साहित्यको विधागत कृतिको प्रकाशन द्वारा सर्जकलाई र पाठकलाई नौलो र स्वादिलो खुराक पस्किने प्रयास गरिरहेका छौँ
छिट्टै सस्थाले राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रम बनाउने योजना बनाईरहेको छ ।

एउटा अक्षय कोषको गठन गरि सोबाट प्राप्त हुने रकमबाट नेपाली साहित्यमा योगदान दिइरहनुभएका स्रस्टाको कदर गर्दै सम्मान र पुरस्कृत गर्ने योजना छ ।

६. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

– अन्तमा नेपाली भाषा कला साहित्य र सिर्जनालाई विश्वव्यापीकरण गर्नका लागि सवैले आ आफ्नो ठाउँबाट कुनौ न कुनै विधामा कलम चलाउन आव्हान गर्नुका साथै समकालीन साहित्य चौतारीका कार्यहरूलाई फराकिलो बनाएर थप जिम्मेवारी बोध गर्ने अवसर दिनुभएकोमा यहाँ प्रति आभारी छौँ ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech