ख्याती प्राप्त ज्योतिष गौरीशंकर

पवनराज उपाध्याय

अन्तर्राष्ट्रिय ख्याती प्राप्त, बिद्वान ज्योतिष तथा बास्तुशास्ती डा.गौरी शंकर शर्माको जन्म जुम्ला जिल्लाको सिजा गाउपालिका वार्ड नः २ को पुण्य भुमिमा बि.स २०३३ साल पौष ११ गते भएको हो ।

हजुर वुवा नामाकर शर्मा, पिता परेग दत्त शर्मा (काला ज्योतिष) र माता जना शर्माको कोखबाट जन्मेका उनका हजुर वुवा त्यस क्षेत्रैकौ प्रख्यात ज्योतिषी पण्डित भएको हुँदा पिताको अनुसरणमा रहि ज्योतिष ज्ञानमा उनको चासो बढ्दै गएपछि उनी त्यसैमा अघि बढे । बाल्यकाल काल देखि इमानदार र असल स्वभावको भएको हँुदा उनी सबैका प्रिय थिए ।

गाउँमा रहेको श्री भैरब माबीबाट प्रारम्भिक शिक्षाको सुरुवात गरेका उनले १३ बर्षको उमेर सम्म ज्योतिष बिषयमा रुचि राखी पिताको सहयोगमा धेरै ज्ञान सिकिसकेको थिए । झन्डै एक हजार श्लोकहरु बाल्यकालमै कण्ठ गरीसकेको उनले १३ बर्सको उमेरमा साथिको लहलहैमा लाग्दा उनको पढाइ केही ग्याप हुन पुग्यो ।

बिभिन्न सम्मान तथा प्रसंशाबाट सम्मानित उनी निरन्तर सेवामा छन् । १० बर्ष अध्ययन गर्न छाडेको समय पश्चात उनी नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा आइए भर्ना भए, कुरा २०५४ साल तिरको हो, उनी अध्ययन गर्दै थिए, पढाइ राम्रै चलिरहेको थियो, तर उनलाई ज्योतिषी शिक्षा तर्फ चासो भएकोले त्यो आइए शिक्षालाइ पूरा नगरी उनले बिचमै छोडिदिए ।

उनलाइ ज्योतिषी शिक्षामा चासो बढ्दै गयो । ज्योतिष शिक्षामा चासो भएकाले पुनः भारतको सम्पुर्णनन्द बिश्व बिधालय बनारस काशिमा पुगि पुर्ब माध्यमा, उत्तर माध्यमाको अध्ययन गर्दै ५ बर्ष सम्म त्यहाँ देखि शिक्षा प्राप्त गरि उनी सफल भए । फेरि पुनः बिश्व ज्योतिष बिध्यापिठ कलकत्ता भारतमा भर्ना भइ ३ बर्ष आर्चाय शिक्षाको अध्यन उनले पूरा गरे ।

त्यसैगरी अध्यन कार्यलाइ निरन्तरता दिदै ढाई बर्ष पछि उनले एमफिल पूरा गरे । ज्योतिषी शिक्षा उनकोे अनुसन्धानको बिषय भएकोले पुनः २०७२ सालमा लगातार ३ बर्ष अध्यन गरी बिश्व ज्योतिष बिध्यापिठ बाट पिएचडि पूरा गर्ने अबसर प्राप्त गरे ।

शर्माका हजुर वुवा प्रकाण्ड विद्वान भएकाले हजुर बुवा र बुवाको अनुसरणमा रहि उनी ज्योतिष शास्त्रमा संलग्न भएका हुन् । राम्रै परिवारका शर्माका दुई आमा थिईन् । जेठी आमाबाट ३ दिदी बहिनी थिए । शर्मा कान्छि आमाको पुत्र हुन् भने एक बहिनि छज् ।

उनकी आमाको २०४५ साल फाल्गुण १७ गते निधन भएको थियो । आमाको निधनबाट उनी स्तब्ध भए, भन्छन्– उक्त घटना मेरो लागि जीबनकै ठूलो चोट हो ।

आमाको माया, सम्झनाले लामो समय पिरोलिएका उनले बिस्तारै आफुलाई सम्हाले । जेठी आमाको माया, ममताबाट उनलाई धेरै सान्तोना मिल्यो ।

जीवनको यर्थात बुझ्न कोसिस गरिरहेका उनले आफ्नो धर्म, सँस्कृती, परम्परालाई बचाउनु पर्छ र पुर्खाको कर्मलाइ जोगाउनु पर्छ भन्ने भावनाबाट प्रेरित भएर अध्यनलाई निरन्तरता दिदै अघि बढे ।

बि.सं. २०५७ सालमा नेपाल ज्योतिषी परिषदमा साधरण सदस्यको रुपमा आबद्ध भएका उनले ज्योतिष शास्त्रका विभिन्न कार्यक्रम तथा सभाहरुमा सहभागीता बढाउँदै गए ।

२०५८ सालमा जुम्ला जिल्लाको ज्योतिषी परिषदको जिल्ला अध्यक्षको रुपमा कार्य गरेका उनले दुई कार्यकाल सम्म जुम्लामा अध्यक्ष भइ सेवा गरे ।

उनले २०५८ साल यता नेपालगञ्जका रेडियोहरुमा ज्योतिषी, बास्तुशास्त्रको बारेमा जानकारीमुलक कार्यक्रमहरु संचालन गर्न अबसर प्राप्त गरे ।

२०६१, २०६२ देखि ज्योतिष ज्ञान पत्रिकाको सम्पादन गर्दै अर्धबार्षिक स्मारिका प्रकाशन गर्दै आएका उनले रेडियो भेरी आबाजमा प्रत्येक दिन बिहानको धार्मिक प्रबचन र रासिफल बारे कार्यक्रम सञ्चालन गर्दै हाल सम्म पनि निरन्तर रेडियो कृष्णसारमा भबिष्य दर्पण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

केही समय भिजन टेलिभिजनमा पनि उनले कार्यक्रम सञ्चालन गरेका थिए । २०६० सालमा नेपाली पात्रो प्रकाशन गरेका उनले तत्पश्चात झन चर्चा बटुले, उनले प्रकाशन गरेका पात्रोहरु बजारमा बिक्रि बितरण भइरहेका छन् ।

२ कार्यकाल ज्योतिषी परिषदको बाँके जिल्ला जिल्ला अध्यक्षको रुपमा कार्य गरेका उनले जीबनको विभिन्न कठिनाईलाई आत्मसात गर्दै , सिक्ने र सिकाउने माध्यमलाई निरंतरता दिदै आएका छन् ।

उनको लगनशिलता र मेहनतलाई मध्यनजर गर्दै २०७१ सालमा नेपाल ज्योतिषी परिषदले केन्द्रिय सदस्यमा उनलाई मनोनित गर्यो । त्यसै बर्ष दक्षिण यसियाली ज्योतिषी परिषद महासंघमा केन्द्रिय सदस्यको रुपमा समेत उनी मनोनित भए । २०७३ सालमा बिश्व ज्योतिषी परिषदमा आबद्ध भइ केन्द्रिय सदस्यमा नियुक्ति भएका उनी २०७३ सालमै दक्षिण एसियाली ज्योतिषी केन्द्रिय महा संघमा पनि मनोनित भए ।

सेवाभाबलाइ आत्मसात गर्दै कार्यलाइ तिब्रता दिदै गएका उनी २०७५ साल मंसिर २२ गते नेपाल ज्योतिषी परिषद कर्णाली प्रदेशको अध्यक्षमा निर्बाचित भए । त्यो कार्यकालमा कर्णाली प्रदेशका सबै जिल्लालाइ समाबेश गर्दै कर्णालीको पुरानो सिन्जा सभ्यतालाई मनन चिन्तन गर्दै बलियो सम्बन्ध स्थापित गर्न डाक्टर शर्मा सफल भए ।

सो कार्यकालमा परिषदलाई झन्डै ८० लाख रुपैया पर्ने जग्गा उपलब्ध गराउन उनी सफल भए । कर्णाली क्षेत्र भरी शाखा ,उपशाखा लाई बिस्तार गर्दै कर्णालीका १० बटै जिल्लामा ज्योतिषी शास्त्रको अध्ययन र अनुसन्धानलाई थप फराकिलो बनाउन उनको योगदान रह्यो ।

करिब ६ बर्षको कार्यकाल पुर्ण गरिसकेका उनलाई पुनः २०८१ सालमा दोश्रो कार्यकालका लागि पनि नेतृत्व गर्ने अवसर प्रदान भएको छ ।
उनले भारत, दुबई, इजरायल, पाकिस्तान, म्यानमार, बेलायत, क्यानडा, नर्बे, थाइल्यान्ड, रूस, म्याल्दिप्स, हङकङ, डेनमार्क , भुटान, अफगानिस्तान लगाएत धेरै मुलुकहरूमा भ्रमण गरिसकेका छन् ।

बेदब्यास अवार्ड २०६४, ब्रहमेह अवार्ड २०६३, भृगु ऋषि अवार्ड २०६४, ज्योतिषी शिरोमणि अवार्ड २०६५, ज्योतिषी दिवाकर अवार्ड २०६६, ज्योतिषी सागर अवार्ड २०६७, अन्तर्राष्ट्रिय ज्योतिषी महासङ्घ बाट सम्मानित २०६८ ज्योतिषी मार्कडेय अवार्ड २०६९,ज्योतिषी भाष्कर अवार्ड २०७०, ज्योतिषी रत्न अवार्ड २०७०, ज्योतिष तन्त्र सागर अवार्ड २०७१ सहित बिभिन्न सम्मानबाट सम्मनित शर्माले ज्योतिषी बिधा सागर श्रीलंका २०७२, ज्योतिषी बास्तु अवार्ड दुबई २०७३, ज्योतिषी महारत्न अवार्ड इन्डोनेसिया २०७४, ज्योतिषी गणित रत्न अवार्ड मलेसिया २०७५ ज्योतिषी गणपति अवार्ड २०७५ दुबई ,ज्योतिषी महासागर अवार्ड २०७५ बङगलादेश, ज्योतिषी भागिरत अवार्ड २०७६ रसीया ,बैंकक ज्योतिषी महा ऋषि अवार्ड २०७६ थाइल्यान्ड, बेदामृतम अवार्ड २०८० भारत प्राप्त गरेका छन् ।

ज्योतिस शास्त्र पुर्ण बिज्ञान हो, स्वयं आफुलाइ चिन्ने सक्ने पद्धति हो –डाक्टर शर्मा भन्छन् –जीवन जिउन सिकाउने, सहज बनाउन र परआत्मा सङग आत्मसात गराउने तत्वको सार हो ज्योतिषशास्त्र ।

 

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech