घोडाघोडीनगर स्तरीय डान्स च्याम्पियनसिपमा शिवानि विजेता

असल शासन प्रतिनिधि

सुखड कैलाली,७ कात्तिक/
कैलालीको घोडाघोडी नगरपालिकामा सम्पन्न भएको नगर स्तरीय डान्स च्याम्पियनसिपमा शिवानि पौडेल विजेता भएकी छन् ।
रोयल डान्स स्टुडियोद्वारा आयोजित डान्स च्याम्पियनसिपको ग्राण्ड फिनालेमा १५ जना प्रतिस्पर्धी मध्य शिवानी पौडेल विजेता भएकी हुन । त्यसैगरि फस्ट रनर अप भावना लामिछाने,सेकेन्ड रनर अप खुसीका बोहरा,थर्ड रनर अप आकृति शाह र फोर्थ रनर अप क्याफिना विष्ट भएका छन् । प्रतियोगितामा विजेताले नगद रु २५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरि फस्ट रनर अपले नगर १५ हजार ,सेकेन्ड रनर अपले १० हजार, सहित प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा हास्य कलाकार दिपेन्द्र वलिको प्रस्तुती पनि रहेको थियो ।
पहिलो पटक नगर स्तरीय डान्स च्याम्पियनसिप कार्यक्रम सौहार्द पूर्ण तरिकाले सम्पन्न गरेको रोयल डान्स स्टुडियोका सञ्चालक पर्लव बुढाथोकीले बताए । उनले भने, यो पहिलो पटक आयोजना गरेको प्रतियोगिता हो, केही कमी कमजोरी पनि भएका होलान् । सिकाइका रूपमा लिएका छौ ।
आगामी दिनमा कमजोरी सुधार्दै अब यो प्रतियोगितालाई निरन्तर रूपमा सञ्चालन उनले बताए । उनले कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • Nabintech