नेपालगञ्ज / बर्षले ८१ मा लागे, तर अझै मनमा समाजसेवाको हुटहुटी हटेको छैन । आफुले सकेको सहयोग गर्न पछि हट्नु हुदैन भन्ने बिचार लाई अंगिकार गर्दै समाज सेवामा लागेका छन् ८१ बर्षिय माधव केसी ।
उमेरले ८१ बर्ष भएता पनि केसी अझैपनि एक्लै जताकतै हिडडुल गर्न सक्छन् । त्यसैले त उनी आफैले गरिब तथा असहायहरुका लागि भनेर पुराना कपडाहरुको भारी बोकेर बास नेपालले गनेशमान चोकमा सञ्चालन गरेको कपडा बैकमा आईपुग्छन् ।
उनीलाई सम्झना छ ४/५ बर्ष अगाडी गनेशमान चोक ( उनैको भाषामा मिलिटरी चोक ) मा बास नेपालले हुनेले दिउँ, नहुनेले लिउँ भन्ने भन्ने नारा सहित यहाँ कपडा संकलन गरिन्छ भन्ने सुचना आफुले देखेकाले आफ्नो मनमा पनि घरमा भएका पुराना कपडाहरु सफा गरेर यँहा लिएर आउने गरेको केसी बताउँछन् ।
श्रीमती, ३ छोरा र २ छोरी का आबिभावक रहेका माधब केसी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ गणेशपुरका स्थाई बासिन्दा हुन ।
राजनितिको कुरै गर्न मन नपराउने ८१ बर्षिय केसी तेस्रो पटक कपडा लिएर कपडा बैकलाई हस्तान्तरण गर्न आउँदा भन्छन् बास नेपालले तिहारमा भैलीको आयोजना गर्दै छ रे म पनि उक्त भैलीमा सहभागी हुन्छु ।
पटक पटक कपडाहरु आफै बोकेर बास नेपालले सञ्चालन गरेको गणेशमान चौक स्थित कपडा बैक पुग्ने माधव केसीलाई यतिका कपडा कसरी ल्यानुहुन्छ भनेर सोध्दा उनी भन्छन् घरमा पुराना कपडाहरु धेरै हुने र यहाँ पुरयाउन सके कपडा नहुनेले सहजै लिन सक्ने भएकाले ल्याउँछु । बास नेपाल जस्तो ठुलो संस्थाले यस्ता पुराना कपडा लिदैन होला किन लिने भनेर घरमा ७६ बर्षिय जिवन संगिनी शैलु केसीले भन्दै आएता पनि आफुले उनलाई कपडा बैकको बारेमा सम्झाएपछि उनले बुझ्ने गरेको केसी बताउँछन् ।
बास नेपालद्धारा सञ्चालन गर्दै आएको कपडा बैंकलाई बास नेपालकी प्रशासन सहायक मिना घर्ति मगरले ब्यवस्थापन गर्दै आएकी छिन् ।