सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद

असल शासन प्रतिनिधि

जाजरकोट/ नलगाड नगरपालिका जाजरकोटमा सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद गरिएको छ ।

गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न सरोकारवाला र स्थानीय सरकार बीच २०८१ कार्तिक ८ गते खुल्ला सम्वाद गरिएको हो ।

नगरपालिकाको आयोजनामा संचालित खुल्ला सम्वाद कार्यक्रमको सहजीकरण, केएर नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले संचालन गरेको ‘बालिका सशक्तिकरण’ परियोजना अन्र्तगत सो कार्यक्रम गरिएको थियो ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको खुल्ला सम्वाद कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा र स्वास्थ्य शाखा प्रमुख र बाल कल्याण अधिकारीहरु जवाफदेहि बक्ताको रुपमा सहभागि थिए ।

जवाफदेही पक्ष र सरोकारवाला पक्ष बिच दोहोरो सम्बाद भएको थियो । दोहोरो सम्बाद पश्चात ७ बुँदे साँझा सार्वजनिक प्रतिवद्धताको घोषणा गरिएको छ ।

घोषणा गरिएका प्रतिबद्धताहरुमा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्नेमा धेरै बिद्यालयहरुले बिद्यार्थीहरुबाट शुल्क लिने गरेको गुनासो प्राप्त भएकाले तत्काल शुल्क नलिन निर्देशन दिने र सो निर्देशन कार्यान्वयन नभए आवश्यक कानुनी कार्वाही गर्ने, बिद्यालयहरुमा हुने परिक्षालाई थप व्यवस्थापन गर्ने, शुर्याेदय माबि कैनाबाट पुस्तकालय स्थापनाका लागि माग भएकाले सो माग लिखित रुपमा प्रश्तावनाको रुपमा प्राप्त भएको खण्डमा पालिकाबाट सहयोग गर्ने, भानुभक्त माबि लहँको प्रांगणमा थुप्रिएको माटो पन्छाउन, हटाउनका लागि पालिकाबाट सहयोग गर्ने, हाईड्रो पावरको भण्डारण्मा रहेको राहत नियम बमोजिम बितरण गर्ने, बिपद व्यवस्थापनका लागि आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने रहेका छन् ।

यसैगरी अन्य प्रतिबद्धताहरुमा व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघका प्रतिनिधिहरुको क्षमता अभिबृद्धि गर्नका लागि बिभिन्न तालिमहरु सञ्चालन गर्ने, पालिकाबाट शैक्षिक प्रोफाईल र शैक्षिक योजना तर्जुमा गर्ने, बिद्यालयको पहुँचमा नरहेका बिद्यार्थीहरुलाई बिद्यालयको सिमा भित्र ल्याउन तत्काल कार्ययोजना बनाई लागु गर्ने, समतामुलक र गुणस्तरिय शिक्षा प्रबद्र्धनका लागि सबै सरोकारवालाहरु प्रतिबद्ध रहने रहेका छन् ।

नलगाड नगरपालिका भित्रका बिभिन्न टा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, बाल क्लवका प्रतिनीधि सहभागी रहेको खुल्ला सम्वाद कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासामुलक सवालहरु उठाएका थिए भने, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत गोपाल शाही, नगर शिक्षा शाखा प्रमुख बलबिर बिक, श्रोत व्यक्ति मणिराम पोख्रेल, नगर स्वास्थ्य शाखा प्रमुख भगवती कुमारी बोहरा, महिला तथा बालबालिका शाखा प्रमुख ज्योती रावत लगायतले उठेका सवालहरुको जवाफ दिएका थिए ।

सार्वजनिक निकायको जवाफदेहिता प्रवद्र्धन गर्न खुल्ला शैक्षिक सम्वादको आयोजना गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहले बताए । सार्वजनिक निकायलाइ लक्षित वर्गप्रति जवाफदेही बनाउनुको साथै पारदर्शी भएको लक्षित वर्गलाइ बोध गराउन सार्वजनिक सुनुवाइ तथा खुल्ला सम्वादको आयोजना गरिएको अध्यक्ष शाहले बताएका थिए । खुल्ला सम्वाद कार्यक्रममा ९० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

  • १३ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech