बास नेपालको प्युठान शाखामा सुजल श्रेष्ठ

असल शासन प्रतिनिधि

 नेपालगन्ज / बागेश्वरी असल शासन क्लब (बास) नेपाल जिल्ला शाखा प्यूठानको चौथो जिल्ला अधिबेशन आज खलंगा प्यूठानमा सम्पन्न भएको छ ।शाखाका अध्यक्ष जुमान सिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाले गरेका गतिविधि सहितको प्रगतिप्रतिबेदन उपर छलफल गरि पारित गरिएको थियो।

अधिबेशनले सर्वसहमतिमा सुजल श्रेष्ठको अध्यक्षतामा ९ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शुसिला बुढामगर, सचीव राजेश जि.सि, सह सचिव रबिन विश्वकर्मा, कोषध्यक्ष प्रज्वल पहाडी रहेका छन ।सदस्यहरुमा बिजय सिंह भारती, श्रीराम भन्डारी , बिष्णु न्यौपाने र भिमकला कुवर रहेका छन ।
हाल सम्म भएका गतिविधिको समिक्षा तथा आगामी कार्यक्रम सम्बन्धि छलफल गरिएको थियो ।

  • २९ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech