भ्रष्टाचार बिरुद्ध बिद्यार्थी जागरण कार्यक्रम

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  बास नेपालले बिभिन्न जिल्लाहरुमा भ्रष्टाचार बिरुद्ध बिद्यार्थी जागरण कार्यक्रम गरेको छ ।

हरेक महिना शाखा बाट साझा कार्यक्रमको रुपमा बिभिन्न अभियानमुखी कार्यक्रमहरु गर्दै आएको बास नेपालले आज कार्तिक २९ गते भ्रष्टाचार बिरुद्ध बिद्यार्थी जागरण कार्यक्रमको आयोजना गरिएको हो ।

सुशासनको क्षेत्रमा बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको बास नेपालले यो महिनाको साझा कार्यक्रम स्वरुप बिद्यालय तथा क्याम्पसमा गएर भ्रष्टाचार बिरुद्धका विभिन्न आयाम हरुमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यका आज बिभिन्न जिल्लामा कार्यक्रमहरु गरिएको छ ।

बास नेपाल सुर्खेत, दैलेख, दार्चुला, जाजरकोट, सिराहा, प्युठान र दाङ शाखाले कार्यक्रम सम्पन्न गरेका छन् । जसमा नेपालमा भ्रस्टाचारको अबस्था, भ्रस्टाचार न्युनिकरणमा युवाहरुको भुमिका, सुचनाको हक, जवाफदेहिता, पारदर्शिताको बिषयमा अभिमुखिकरण गरिएको थियो ।

बास नेपाल सुर्खेत शाखाले वीरेन्द्रनगरको अमरज्योती माध्यामिक विद्यालयमा पुगेर भ्रष्टाचार विरुद्ध विद्यार्थी जागरण अभियान गरेको छ । विद्यालयका एक सयभन्दा बढी विद्यार्थीहरुको सहभागीतामा उक्त सञ्चालन गरिएको कार्यक्रममा बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र कुमार शाही, सुर्खेत शाखा अध्यक्ष अमर शाही, केन्द्रीय सदस्य भगवती विसी, प्रदेश सचिव रामबहादुर बटाला लगायतले भ्रष्टाचार विरुद्धमा विद्यार्थीहरु माझ सहजीकरण गरेका थिए ।

भ्रष्टाचार जस्तो गम्भीर अपराधका बारेमा विद्यार्थीहरु पनि जानकार हुन र समाजमा यस्ता घटनाहरूलाई खबरदारी गर्न सकुन भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको र ‘अबको एक वर्षभित्र प्रदेशका अधिकांश विद्यालयहरुमा यस्तो कार्यक्रम गरिने,’ प्रदेश संयोजक धिरेन्द्र बहादुर शाहीले बताए ।

त्यस्तै बास नेपाल दैलेख शाखाले दैलेख मोडेल स्कुलमा पुगेर बिद्यार्थी जागरण कार्यक्रम गरेको छ । ७५ जना बिद्यार्थी, शिक्षक सहित बास नेपालका दैलेख शाखा सदस्य गोबिन्द रेग्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको बास नेपाल दैलेख शाखा अध्यक्ष हिक्मत बुढाले जानकारी गराए ।

त्यस्तै बास नेपाल जाजरकोट शाखाले भेरी नगरपालिका वडा नम्बर २को त्रिभुवन आधारभुत बिद्यालयमा पुगेर बिद्यार्थी जागरण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्र.अ, शिक्षक र ४० जना बिद्यार्थीहरुमा बास नेपाल जाजरकोट शाखाका पुर्ब अध्यक्ष बिर्ख बहादुर कार्कीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको बास नेपालका जिल्ला शाखा अध्यक्ष बिनोद रोकायाले जानकारी गराए ।

त्यस्तै बास नेपाल दाङ शाखाले घोराही स्थित नेपाल पुलिस स्कुलमा पुगेर ३० जना बढी बिद्यार्थीहरुमाझ बिद्यार्थी जागरण कार्यक्रम गरेको बास नेपाल दाङ शाखा अध्यक्ष समिर वलीले जानकारी गराए ।

बास नेपाल दार्चुला शाखाले श्री छन्नाटिन्करी कन्या माबिका ४० बढि बिद्यार्थीहरु माझ भ्रष्टाचार बिरुद्ध बिद्यार्थी जागरण कार्यक्रम सम्पन्न गरेको बास नेपाल दार्चुला शाखा अध्यक्ष अनुराधा टिकंरीले बताईन् ।

त्यसैगरी बास नेपाल प्युठान शाखाले महेन्द्र माबिमा गएर ४० जना बिद्यार्थीहरु माझ भ्रष्टाचार बिरुद्ध बिद्यार्थी जागरण कार्यक्रम सम्पन्न गरेको बास प्युठान शाखाका पुर्ब अध्यक्ष तथा केन्द्रीय सदस्य जुमान सिंह केसीले बताए ।

त्यसैगरी बास नेपाल सिराहा शाखाले जनता नमुना माबि चन्द्रलालपुर चोहर्वा गोल बजार नगरपालिका ८ मा गएर ५० बढि बिद्यार्थीहरु माझ भ्रष्टाचार बिरुद्ध बिद्यार्थी जागरण कार्यक्रम सम्पन्न गरेको बास नेपाल सिराहा शाखाका सल्लाहकार पर्सुराम साले बताए । साहका अनुसार सिराहामा भ्रष्टाचारले बिकराल रुप लिईरहेको अबस्थामा हरेक बिद्यालय तथा क्याम्पसमा पुगेर बिद्यार्थीहरु माझा सुशासन र सुचनाको हकका बारेमा सुशुचित पार्न आबश्यक रहेको र त्यो कामलाई हामिले निरन्तरता दिने बताए ।

  • २९ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech