नेपालगञ्ज / श्री त्रिभुवन जन माबि लुहापिङ सल्यानमा आज आयोजित एक कार्यक्रममा सहभागीहरुलाई मन भण्डारीले धुरुक्कै रुवाएका हुन ।
बास नेपाल सल्यान शाखाले आज जन माबिमा आयोजित बिद्यार्थी लक्षित कार्यक्रम, भ्रष्टाचार बिरुद्ध बिद्यार्थी जागरण कार्यक्रममा बास नेपालका पुर्ब केन्द्रीय अध्यक्ष भण्डारीले सहजीकरण पश्चात बिद्यार्थीहरु माझ बिद्यार्थी जिवनको महत्व, आमा बुवाको महत्वको बारेमा आमामा समर्पित ध्यान गराउँदा भाबुक भएर सहभागीहरु धुरुधुरु रोएका थिए ।
बास नेपालले आफ्ना शाखाहरु मार्फत बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको र सोही क्रममा सल्यान शाखाले उक्त बिद्यालयमा बिद्यार्थी जागरण कार्यक्रम आयोजना गरिएकोमा कक्षा ९, १०, ११ र १२ का छात्र छात्राहरु र शिक्षकहरु गरी १०० बढि सहभागीहरु रहेका थिए । पुर्ब केन्द्रीय अध्यक्ष भण्डारीले भ्रष्टाचार, सुशासन, पारदर्शिता, जवाफदेहिता, सुचनाको हक, भ्रष्टाचारका आयामहरुका बारेमा सहभागी बिद्यार्थीहरु माझ सहजीकरण गरेका थिए ।
झण्डै १ घण्टा सम्म सञ्चालन भएको कार्यक्रम पश्चात सहभागीहरुले यस्तो कार्यक्रममा आफुहरु पहिलो पटक सहभागी भएको र सुशासनका बारेमा आफुहरुलाई काम लाग्ने धेरै कुराहरुको जानकारी भएको प्रतित्रिया दिएका थिए । भ्रष्टाचार भनेको आर्थिक लेनदेन मात्र हुन्छ भन्ने शोचेका हामीहरुलाई समयमा बिद्यालय नआउनु, पढाई भैरहँदा कक्षा कोठामा नबस्नु, घरदेखी बिद्यालय जान्छु भनेर बिद्यालय नआउनु पनि भ्रष्टाचार रहेछ भन्ने जानकारी पाएको बिद्यार्थी जागरण कार्यक्रमका सहभागीहरुले बताए ।
कार्यक्रममा बास नेपाल सल्यान शाखाका पुर्ब अध्यक्ष अनिल भण्डारी, सल्यान शाखाका सदस्य, अस्मिता बिसि, सदस्य लक्ष्मण शर्मा, बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन बास नेपाल सल्यान शाखाकी अध्यक्ष योगमाया रेउलेले गरेकी थिईन् ।