काठमाडौं/ पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ।
फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए। उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।