नेपालगञ्ज/ बास नेपालको आयोजनामा सञ्चालित ६ महिने मनोसामाजिक तथा मनोबिमर्श तालिम सम्पन्न भएको छ ।
२०८१ चैत्र २६ गते नेपालगञ्ज र कोहलपुरमा शुरु भएको तालिम मंसिर ३ गते सम्पन्न भएको हो ।
तालिममा प्रमुख अतिथीको रुपमा उपस्थित संघिय साँसद दिपा शर्माले समाजको आवश्यकता अनुसारको तालिम सम्पन्न भएको बताईन् ।
कार्यक्रममा सहभागिहरुको तर्फबाट संगिता गौतम, कमला केसी र उर्मिला पाण्डे लगायतले प्रतिकृया मन्तव्य दिदै तालिमले आफुहरुको जीवनमा परिवर्तन ल्याएको बताए ।
कार्यक्रम संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिव दिला शाहले व्यक्त गरेकि थिईन् भने समापन कार्यक्रममा उपाध्यक्ष शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दुई समूहमा सञ्चालित तालिममा नेपालगञ्जमा ८ जना र कोहलपुरमा ११ जना सहभागि थिए ।