बैजनाथको बिपि मेमोरियलमा संयुक्त अनुगमन

असल शासन प्रतिनिधि

नेपालगन्ज । बालिका शिक्षा कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका वडा नम्बर ४ स्थित श्री बिपि मेमोरियल माबिमा पालिका स्तरीय अनुगमन आयोजना गरिएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा संयुक्त अनुगमनको आयोजना गरिएको हो ।
बिद्यालयमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरुको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका बिषयमा गरिएको अनुगमनमा बोल्दै बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला राकायाले वालिका शिक्षा कार्यक्रमले बालिकाहरु र उनीहरुको परिवारका सदस्यहरुको ब्यवहारमा परिवर्तन गरेको बताए । उनले कार्यक्रम पश्चात बालिकाहरुको बोल्ने क्षमताको विकास हुनुकासाथै जलवायु सम्बन्धि सचेत र सजग भएको पाईएको बताईन् । उनले कार्यक्रमलाई गाउँपालिकाका सबै बिद्यालयमा सञ्चालन गर्न सकेमा सबै बिद्यार्थीहरुलाई फाईदा पुग्ने बताईन । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विश्वराज ढकालले अनुगमनले बालिकाहरुको सिकाई मापन गर्ने भएकाले पालिकालाई नयाँ योजना बनाउन सहजता ल्याउने बताए । बालिकाहरुमा आएको परिवर्तनले जलवायु कार्यक्रम उपलब्धी मुलक भएको देखिएको उनको भनाई थियो । उनले कार्यक्रममा गाउँपालिकाले गर्न सक्ने सहकार्यका लागि तयार रहेको बताए । अनुगमनमा वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही, शिक्षा, यूवा तथा खेलकुद शाखाका शोभा ढकाल, बातावरण शाखाका प्रतिक शाह, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गगन थारु, प्रधानाध्यापक रोम प्रसाद रेग्मी, रुम टु रिडका शिवराज आचार्य, निरोज कोइरालाको उपस्थिती रहेको थियो ।

संयुक्त अनुगमनको क्रममा बालिका शिक्षा कार्यक्रम अनुगमन चेक लिष्ट अनुरुप जलवायु परिवर्तनका १३ ओटा सत्रहरुका बारेमा बालिकाहरुलाई अनुगमनकर्ताहरुले प्रश्न सोधेका थिए । जसमा जलवायु परिवर्तन, परिवारको संलग्नता, सामग्री सहयोग र उपयोगिता, बिद्यालयको संलग्नता लगायतको बिषय रहेको थियो ।


संयुक्त अनुगमन कार्यक्रमको सहजीकरण बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए । अनुगमनमा स्वागत बिद्यालयका प्रधानाध्यापक रोम प्रसाद रेग्मीले गरेका थिए भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । वालिका शिक्षा कार्यक्रमको बारेमा जानकारी रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवरले गरेका थिए । बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले धन्यबाद ज्ञापन गरेको अनुगमन कार्यक्रमको समापन बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला राकायाले गरेका थिए । बालिका शिक्षा कार्यक्रम बाँकेको चार वटा पालिकाका १९ बिद्यालयहरुमा सञ्चालन हुँदै आएको छ ।

  • ६ मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech