६ प्रश्नमा नवीन लुइँंटेल

असल शासन प्रतिनिधि

अध्यक्षनयाँ बानेश्वर व्यापार व्यवसायी संघ, नयाँ बानेश्वर, काठमाण्डौं

१. तपाईको जीवनको आदर्श के हो ?
आफ्नो पेशा र कामको सम्मान गर्नु मेरो जीवनको आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
बुवा जसले जीवन सिकाइ हो सिकाइसँगै अनुभवले अगाडि बढ्न सिकाउनु भो, हो वहाँकै उत्प्रेरणाले म यहाँसम्म पुगेको छु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
सामाजिक परिवर्तन र व्यवसायीक हक हितको लागि अघि बढेको छु, प्रतिबद्धताका साथ अग्रसर रहँदै आएको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
जब मैले व्यवसायलाई कर्म र सेवालाई आफ्नो आदर्श ठान्न थालें । त्यहिँनै मेरो जीवनको अविष्मरणीय क्षण हो ।

५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
बेथितिलाई हटाउने र सबैलाई सही बाटो देखाउने कार्यनै असल शासन हो जस्तो लाग्छ मलाई ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
जीवनलाई आत्मसन्तुष्टि तर्फ उन्मुख बनाउने र सेवा भावलाई अँगालिरहने मेरो प्रतिबद्धता रहेको छ ।

  • ६ मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech