चक्र बहादुर चन्द, अध्यक्ष
पहुँच नेपाल
तपाईंको नेतृत्वमा रहेको संस्थाले हाल के–के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– मेरो नेतृत्वमा रहेको पहुँच नेपालले सफाइ अभियान, वृक्षारोपण, वातावरण संरक्षणबारे सचेतना र नेतृत्व विकासलगायतका कामहरु गर्दै आएको छ ।
यहाँहरुको कुन–कुन संस्था, निकायसँग रहेको छ ?
स्थानीय सरकारलगायत विभिन्न संस्थाहरुसँग हाम्रो सहकार्य रहेको छ ।
यहाँहरुले कसका लागि कहाँ– कहाँ काम गरिरहनु भएको छ ?
हामीले स्थानीय नागरिक, युवा महिला, काठमाडांै, ललितपुर, दैलेख र बाँकेलगायत जिल्लाका स्थानीयहरुका लागि काम गर्दै आएका छौं ।
सामाजिक क्षेत्रमा काम गर्दा के–के चुनौतीहरु सामना गर्नु परेको छ ?
हरेक क्षेत्रमा व्याप्त चरम राजनीतिकरण, काम गर्दा सरकारी निकायबाट हुने समस्या र स्थानीय नागरिकको कम संलग्नता र चासो लगायतका चुनौतीहरु हामीले सामना गरिरहेका छौं ।
आगामी योजना र कार्यक्रम के छ ?
सरसफाइमा योगदान, वातावरणमा योगदानका साथै जलवायु परिवर्तनबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र महिला सीप विकास प्रवद्र्धन र युवा स्वरोजगार लगायतका कार्यक्रमहरु हाम्रो योजनामा रहेका छन् ।
अन्तमा के भन्नु हुन्छ ?
संस्थागत रूपमा काम गर्दा धेरै समस्या छन् । राज्यको बजेटमा विभेदकारी कार्य, पार्टीगत छनौट राज्यका विभिन्न निकायमा हुने ढिलासुस्ती, दोहोरो कर प्रणालीलाई विचार गर्नुका साथै स्थानीय संघ, संस्थाहरुलाई अवसर दिन जरुरी छ ।