शैक्षिक सामग्री वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/कक्षा ९ र कक्षा १० मा अध्ययनरत छात्र÷छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ । शिक्षामा गुणस्तरीयता, विद्यालयमा निरन्तरता भन्ने मूल नाराका साथ कमिट नेपाल बाँकेले उक्त क्षैक्षिक सामग्री वितरण गरेको हो ।

गुणस्तरीय शिक्षा अभिवृद्वि गर्ने उद्देश्यले बर्दिया जिल्लाको राजापुर नगरपालिका, बाँकेको बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा कक्षा १ देखि माध्यमिक तह कक्षा १२ सम्म अध्यनरत ६० जना छात्र÷छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

शैक्षिक सामग्रीमा कपी, कलम, पेन, कलर, ज्यामिती बक्सका साथै विद्यालय सुइटर वितरण गरिएको कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपाली जानकारी दिए ।

  • १० मंसिर २०८१, सोमबार प्रकाशित

  • Nabintech