मंसिर २४ गते बिहान ७ बजे गणेशमान चौकबाट शुरुहुने

असल शासन प्रतिनिधि

नेपालगन्ज/भ्रष्टाचार बिरुद्ध मंसिर २४ गते हुन लागेको नेपालगन्ज वाकाथन (Nepalgunj Walkathon) मा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा सहितका बिशिष्ट ब्यक्तित्वहरुको विशेष उपस्थिति रहने भएको छ ।
भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २४ गते) हुने उक्त कार्यक्रममा भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यले आयोजना गरिदै आएकोछ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना, अन्तरालको ब्यवस्थापन र विभिन्न संघसंस्था तथा निकायहरुको सहकार्यमा हुने कार्यक्रमले भ्रष्टाचार बिरुद्ध आम नागरिकहरुमा जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ ।


यस बर्षको नेपालगन्ज वाकाथन नेपालगन्जको गणेशमान चौकबाट शुरु भई विपि चौक, त्रिभुवन चौक जिल्ला प्रशासन कार्यालय रोड हुदै रामलिला मैदानमा गएर समापन हुने कार्यतालिका रहेकोछ । भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (lets walk together for Anti-corruption) भन्ने नाराका साथ आयोजना हुन थालेको वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रमका सहभागिहरु भ्रष्टाचार बिरुद्धको नारा अंकित टिशर्टमा नेपालको झण्डा र भ्रष्टाचार बिरुद्धका सन्देस संकितको प्लेकार्डका साथमा भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिने छन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । बास नेपालले पश्चिम नेपालमा २०७८ साल देखि नियमित रुपमा नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन कार्यक्रम गर्दै आएकोछ ।

  • २२ मंसिर २०८१, शनिबार प्रकाशित

  • Nabintech