बास नेपालको २४ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  बास नेपालको २४ औं बार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास नेपालको २४ औं बार्षिकोत्सव समारोह नेपालगञ्जमा भव्यताका साथ सम्पन्न भएको हो ।
संस्थाकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले भ्रष्टाचार बिरुद्ध देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने बताए ।

उनले भ्रष्टाचार बिरुद्ध बास नेपालले निर्वाह गरेको भुमिका प्रभावकारी रहेको बताउँदै बास नेपालको संस्थागत बिकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भ्रष्टाचार बिरुद्धका चर्चित अभियन्ता केदार खडकाले बास नेपाल भ्रष्टाचार बिरोधी खवरदारी गर्ने संस्थाको रुपमा स्थापित भएको बताए ।
कार्यक्रममा जनसेवा माबि खजुरा गिजराका प्रधानाध्यापक टंक दाहाल, बास नेपालका पूर्ब केन्द्रीय अध्यक्ष सिता बोहरा, निलसागर सेवाश्रमका अध्यक्ष सरिता खनाल, बालिका शिक्षा कार्यक्रमकी अल्मुनाई सृजना चौधरी लगायतले बोलेका थिए ।

बासका केन्द्रीय महासचिब खुमेस सुवेदीले सञ्चालन गरेको बार्षिकोत्सब समारोहमा बासका उत्कृष्ट प्रदेश, शाखा घोषणा बास नेपालका उपाध्यक्ष तथा छनौट समिति संयोजक शिब कुमार बर्माले घोषणा गरेका थिए । उत्कृष्ठ हुन सफल शाखा, प्रदेशलाई कार्यक्रममा प्रमुख अतिथि, अतिथि, बासका केन्द्रीय अध्यक्ष लगायतले सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्य समिति र कर्मचारीहरुको परिचय गराएका थिए । शाहले उत्कृष्ठ कर्मचारी घोषणा गरेका थिए ।

बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको बार्षिकोत्सब समारोहमा साँस्कृतीक प्रस्तुतीहरु, गित, गजल प्रस्तुत गरिएको थियो ।
बार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रका गरी २ सय बढीको सहभागिता रहेको थियो ।

  • २५ मंसिर २०८१, मंगलवार प्रकाशित

  • Nabintech