नेपालगन्ज । बालिका शिक्षा कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित श्री प्रभात माबिमा जिल्ला स्तरीय संयुक्त अनुगमन गरिएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आज उक्त संयुक्त अनुगमन गरिएको हो ।
बिद्यालयमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरुको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका बिषयमा गरिएको अनुगमनमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले मानिसको स्वास्थ्यसँग जोडिएको जलवायुका बिषयमा सञ्चालीत कार्यक्रम प्रभावकारी रहेको पाएको बताए । अनुगमनको क्रममा बालिका र शिक्षकहरुसँगको छलफल पश्चात कार्यक्रम प्रभावकारी देखिएकाले कार्यक्रमको निरन्तरताकालागि स्थानीय सरकार र अन्य सरोकारवालाहरुले योजना बनाउनु पनेमा जोड दिए । उनले कार्यक्रमको निरन्तरताका लागि जिल्ला समन्वय समितिले निर्वाह गर्ने भूमिकाका लागि प्रतिबद्ध रहेको बताए ।
यसैगरी कार्यक्रममा बोल्दै शिक्षा समन्वय इकाई प्रमुख राम सुरेश यादबले अनुगमनको क्रममा बालिकामा आएको परिवर्तन हेर्दा कार्यक्रमलाई थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता देखिएको बताए । कार्यक्रममा बोल्दै बैजनाथ गाँउपालिका बाँकेका उपाध्यक्ष निर्मला रोकायाले कार्यक्रमको प्रभावकारीता बालिकामा आएको परिवर्तनले देखाएको भन्दै कार्यक्रमको निरन्तरताकालागि पालिकाले आवश्यक योजना गर्ने प्रतिबद्धता गरे । बैजनाथ गाँउपालिका वडा नम्बर ५ का अध्यक्ष देब बहादुर रावतले जलवायु सम्बन्धि कार्यक्रमले सकारात्मक परिवर्तन ल्याएकाले सबै बिद्यालयमा लागु गर्न सरोकारवालालाई अनुरोध गरे । उनले वडाको तर्फबाट कार्यक्रमको निरन्तरताका लागि काम गर्ने प्रतिबद्धता गरे । गैर सरकारी संस्था महासँघ बाँकेका अध्यक्ष चन्द्र प्रशाद तिमिल्सिनाले गैर सरकारीसंस्थाहरुले गरेको असल कार्यको अवलोकन गरेकोमा खुसी ब्यक्त गरे । उनले कार्यक्रम प्रभावकारी रहेकाले निरन्तरता दिनुपर्ने बताए ।
अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उप प्रमुख सिता कार्की, जिल्ला समन्वय अधिकारी बिक्रम प्रसाद पाण्डे, प्रबक्ता शान्ता कुमार थारु, शिक्षा समन्वय इकाई प्रमुख राम सुरेश यादब, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाया, वडा नम्बर ५ का अध्यक्ष देब बहादुर रावत, गैर सरकारी संस्था महासँघ बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, सचिब रमेश सिटौला, रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम मेनेजर खड्ग बहादुर कुवँर, अफिसर शिब राज आचार्य, निरोज कोइराला, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनार, बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, कोषाध्यक्ष कल्पना अधिकारी, प्रधानाध्यापक बाबुराम अधिकारी, फोकल शिक्षक, असल शासन मिडियाका लोक बहादुर घर्ती लगायतको उपस्थिती रहेको थियो ।
वालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा स्वागत बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारले गरेका थिए भने कार्यक्रमको बारेमा जानकारी तथा संयुक्त अनुगमनको उद्धेश्यमाथि प्रकाशन रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवरले गरेका थिए ।
संयुक्त अनुगमनको क्रममा बालिका शिक्षा कार्यक्रम अनुगमन चेक लिष्ट अनुरुप जलवायु परिवर्तनका १३ ओटा सत्रहरुका बारेमा बालिकाहरुलाई अनुगमनकर्ताहरुले प्रश्न सोधेका थिए । जसमा जलवायु परिवर्तन, परिवारको संलग्नता, सामग्री सहयोग र उपयोगिता, बिद्यालयको संलग्नता लगायतको बिषय रहेको थियो । भने बिद्यालयको संलग्नताका बिषयमा शिक्षकहरुलाई कार्यक्रमको प्रभावकारीताका बिषयमा प्रश्न सोधेका थिए ।
बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले धन्यबाद ज्ञापन गरेको अनुगमन कार्यक्रमको समापन जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले गरेका थिए । बालिका शिक्षा कार्यक्रम बाँकेको चार वटा पालिकाका १९ बिद्यालयहरुमा सञ्चालन हुँदै आएको छ ।