यस्तो लापरबाही किन ?

खुमेश सुवेदी

बर्दिया/ यो तस्वीरमा देखिएको कल्भर्ट गुलरिया बाट नेपालगन्ज जादै गर्दा मैनापोखर नपुग्दै बढैयातालको वडा नम्बर ७ को वडा कार्यालय अगाडिको निर्माणाधीन कल्भर्ट हो !

यो कल्भर्ट डिजाईन यस्तै होकि, निर्माणका क्रममा गरेको लापरबाहीको कारणले गर्दा यस्तो भएको हो ? यहि महिनाको गत ३ गते गुलरिया देखि नेपालगन्ज अफिसियल कामको सिलसिलामा म र प्रभु महालक्ष्मी लाईफको गुलरिया शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर ध्रुब सलामी ज्यु जाँदै गर्दा फोटोमा देखिएको ग्यापमा बाईको अगाडिको चक्का फस्न गैइ हाम्रो दुर्घटना हुन पुग्यो !

मलाई सामान्य चोटपटक लाग्यो तर सलामी आज सम्म पनि नेपालगन्ज मेडिकल कलेज, नेपालगन्जमा उपचाररत हुनुहुन्छ ! भगवानले रक्षा गर्नुभयो भन्नुपर्छ हाम्रो मानवीय क्षती भने भएन ! यो संरचना चाहे गल्तिले यस्तो भएको होस या चाहे डिजाइननै यस्तै होस, जे जस्तो भएपनी दुर्घटनाको पुर्वानुमान गरेर त्यो स्थानमा कुनै संकेत वा त्यसको माथी ईटा, ढुङ्गा, काठको पटरा वा पलाई जस्ता बस्तु राखिदिएको भए सायद हामिले त्यो अवस्थाको सामना गर्नुपर्ने थिएन ! आजसम्म पनि त्यहाँ केही राखिएकोछैन ! त्यहाँ दिनहुँ जस्तो दुर्घटना हुने देखिन्छ तसर्थ निर्माण कम्पनिका यस्ता लापरबाहीको कारणले सर्बसाधारण व्यक्तिले अकालमा ज्यान गुमाउन र दुख पाउन नपरोस ! तत्काल अनुगमन गर्ने सम्बन्धित निकाय र निर्माण कम्पनीको ध्यानाकर्षण होस !!

  • २८ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech