बास नेपाल राप्ती सोनारी उपशाखाले बाँड्यो शैक्षिक सामाग्री

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपाल राप्ती सोनारी उपशाखाले महादेवाका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय राप्तीसोनारी वडा नम्बर ९ महादेवाका आर्थिक अबस्था कमजोर भएका ६ जना बालबालिकाहरुलाई आज शैक्षिक सामाग्री बितरण गरेको हो ।

सुशासनका क्षेत्रमा काम गर्दै आएको उक्त उपशाखाले यस अघि भुवर भवानी मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरेसँगै आज शैक्षिक सामाग्री बितरण गरेको थियो भने शैक्षिक सामाग्रीहरुमा कपी,कलम, स्कुल ड्रेस र झोला रहेको बास नेपाल उपशाखाकी अध्यक्ष तारा वलीले बताईन ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भुमिसरा खत्री, वडा सदस्य पे्रम बहादुर वली, प्रधानाध्यापक चेतराम थारु लगायतको उपस्थितिमा राप्ती सोनारी उपशाखाका अध्यक्ष तारा वली र उपाध्यक्ष आशिष परियारले शैक्षिक सामाग्री बितरण गरेका थिए ।

  • २८ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech