जिवन उपयोगी शिप बिषयक चार दिने तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेका ४ ओटा स्थानीय तहका १९ ओटा बिद्यालयको सहभागितामा सञ्चालीत चार दिने क्षमता अभिबृद्धी तालिम आज सम्पन्न भएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत बालिका शिक्षा कार्यक्रम अन्तरगत जिवन उपयोगी शिप, मेन्टोरींग र सराकारवालाको संलग्नता बिषयक तालिम सम्पन्न भएको हो ।
चार दिने तालिमको अन्तिम दिन जिवन उपयोगी शिप, मेन्टोरींगसमा बिद्यालय र पालिका स्तरमा गर्न सक्ने कार्यक्रमहरु सहितको पालिका स्तरीय कार्ययोजना तयार गरेका छन् ।


बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रमुख खड्ग बहादुर कुँवरले चार दिन सम्म चलेको तालिममा सक्रिय सहभागिताका लागि धन्यबाद ज्ञापन गरे । उनले तालिममा सिकेको कुरालाई ब्यवहारमा लागु गर्न अनुरोध गरे ।


यसैगरी समापन कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले वालिका शिक्षा कार्यक्रमको उपलब्धी निकै सकारात्मक भएकाले सबै मिलेर कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले तयार पारिएको कार्ययोजना कार्यान्वयनमा जाने विश्वास ब्यक्त गरे । तालिमको समापनमा प्रतिक्रिया मन्तब्य राख्दै तालिमका सहभागि तथा जनता माबि सन्तकुटीका प्रधानाध्यापक महेन्द्र कुमार खत्रीले चार दिने तालिम ब्यक्तिगत र बिद्यालयका लागि समेत निकै उपयोगी भएको बताए । उनले अत्यन्तै ब्यवहारिक र दैजिक जिवनका लागि उपयोगी तालिमबाट सिकेको कुरालाई बिद्यालयमा लागु गर्ने र अन्य बिद्यालयहरुले समेत प्राथमिकताका साथ लागु पर्न अनुरोध गरे । उनले महत्वपूर्ण बिषयमा तालिम आयोजना गर्ने रुम टु रिड र बासलाई धन्यबाद दिदै यस्ता तालिम निरन्तर गर्नुपर्ने बताए ।


यसैगरी प्रतिक्रिया मन्तब्य राख्दै तालिमका सहभागि राम माबि कोहलपुरका शिक्षक शोभा मल्लले चार दिनको तालिम उत्कृष्ट रहेको प्रतिक्रिया दिईन । तालिमले लुकेको प्रतिभालाई उजागर गरी आत्मजागरण गराएको उनको भनाई थियो । तालिम पश्चात उर्जा र जोस जागर बढेको भन्दै सिकेको कुरालाई लागु गर्ने प्रतिबद्धता गरिन् ।
बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेको तालिमको धन्यबाद ज्ञापन सहित समापन बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए ।
चार दिन सम्म चलेको जिवन उपयोगी शिप, मेन्टोरींग र सराकारवालाको संलग्नता विभिन्न बिषयमा रुम टु रिडका फिल्ड कार्यक्रम प्रमुख खड्ग बहादुर कुँवर, अफिसर निरोज कोइराला, बास नेपालका हेमराज भट्ट, जमुना चौधरी, सुस्मिता लामा, शोभा भण्डारी, रचना चौधरी, सबिता सुनार, शोभा थापा मगरले सहजिकरण गरेका छन् । तालिममा १९ ओटा बिद्यालयका शिक्षक, फोकल शिक्षक, अल्मुनाई र बाल क्लबका प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको छ ।

  • १ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech