नेपालगन्ज । अन्तर धार्मिक युवा समितिका पदाधिकारीहरुकालागि आयोजित तिन दिने क्षमता अभिबृद्धी तालिम सम्पन्न भएकोछ ।
नाइस नेपालगञ्जले युएसएड नागरिक समाज र सञ्चार कार्यक्रमको सहकार्यमा सामाजिक सद्भावका लागिसँगै परियोजना अन्तरगत आयोजना गरेको तालिम आज सम्पन्न भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा रहेको अन्तर धार्मिक युवा समितिका २४ जना पदाधिकारीहरुको सहभागितामा रहेको तालिममा सामाजिक सद्भाव, नेतृत्व विकास र समुदाय परिचालनका विभिन्न बिषयमा प्रशिक्षक नमस्कार शाह, हरि प्रसाद सुवेदी र आशिष बर्माले सहजिकरण गरेका थिए भने तालिममा सामाजिक सदुभावका लागि सम्बाद समुह बाँकेका संयोजक शुक्रऋषि चौलागाईले संवाद समुह बाँकेले गरिरहेका क्रियाकलाप र उपलब्धीका बारेमा अनुभव आदान प्रदान गरेका थिए । तालिमको अन्तिम दिन आज सहभागिहरुले पालिका स्तरीय कार्ययोजना तयार गरेकोछन् । सामाजिक सद्भावका लागि युवाहरुको पहलमा सहकार्य, समन्वयमा विभिन्न अभियान सञ्चालन गर्ने, सचेतना मुलक कार्यक्रम गर्ने तथा विभिन्न धार्मिक पर्बहरुको अवसरमा सद्भाव प्रद्र्धनकालागि मिलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।
तालिमको समापनमा नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले तिन दिन सम्म सञ्चालन भएको क्षमता अभिबृद्धी तालिमले युवा समितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धी सँगैसामाजिक सद्भावका बिषयमा थप ज्ञान हासिल हुने विश्वास ब्यक्त गरे । उनले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सबै सहभागिहरुलाई अनुरोध गरे । समापनमा प्रतिक्रिया मन्तब्य राख्दै सहभागि अन्जना चर्तुबेदीले तालिमबाट धेरै नयाँ कुराको जानकारी हासिल भएको बताईन । उनले तालिमबाट सिकेको कुरालाई समिति मार्फत सद्भाव प्रबद्र्धनमा लागु गर्ने प्रतिबद्धता गरिन । यसैगरी अर्का सहभागि श्रीराम पालले तालिम निकै उपयोगी भएको र तालिमले आत्म विश्वास र काम गर्ने हौसला थपेको बताए । सामाजिक सद्भावका बिषयमा उपयोगी तालिमको आयोजना गरेकोमा संस्थालाइ धन्यबाद ज्ञापन गरे ।
तालिममा द एसिया फाउण्डेसनका कार्यक्रम निर्देशक अजय दास, उप प्रमुख प्रिती थापा, द एसिया फाउण्डेसनका इन्द्र टमाटा, नाइसका अध्यक्ष हेमराज भट्ट लगायत पदाधिकारीको उपस्थिती रहेको
थियो । तालिमको समापन नाइसका परियोजना प्रबन्धक जोशिना थारुले गरेका थिए नाइसले नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा सामाजिक सद्भावका लागिसँगै परियोजना सञ्चालन गरिरहेको छ ।