नेपालगञ्ज/ जमिन मुनिबाट सुन निकालिदिन्छु भनि करोडौं गठि गर्ने भारतिय नागरिक पक्राउ परेका छन् ।
भारतको उत्तर प्रदेश बलरामपुर सिहपुरी निवासी ४२ बर्षिय सदाबुद्धिन हल्वाईलाई बाँके प्रहरीले पक्राउ गरेका हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १९ मोहनपुर ईट्टाभट्टा नजिकका नसिर अहमद बेहनालाई ईट्टाभट्टामा रहेको जमिनमुनि सुन रहेको र उक्त सुन निकालिदिने भन्दै सदाबुद्धिनले पटक, पटक गरि दुई करोड रुपैयाँ ठगि गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शनिवार बिहान उनलाई पक्राउ गरि हिरासतमा राखिएको छ । उनीसँगै प्रहरीले तीन वटा माटोको घैटौ, तिन वटा पित्तलको घैटो, धातुले बनेको पुरानो जस्तो देखिने चेन, धातुले बनेको गणेशको मुर्ति, बिभिन्न प्रकारका पत्थरहरु, धातुबाट बनेको तीन वटा डिब्बा, लेदरको कालो रंगको झोला भित्र ताविज सहितको डिव्वा, उर्दु अक्षरमा लेखिएको किताव, भारतिय नम्वरको युपि ३२ पि, ६११० नम्वरको ALTOK 10 सिलभरको कार एक थान र नेपाली, भारतिय बैंकको चेकहरु बरामद गरिएको छ ।