बझाङमा दुई महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सुरु

रमेश बहादुर सिंह

बझाङ / बुगल नगरपालिकाको वडा नम्बर ४ मा दुई महिने निःशुल्क आधारभूत कम्प्युटर सीप विकास तालिमको सुरुवात गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजनामा आर्थिक वर्ष २०८१ /०८२को कार्यक्रममा अन्तर्गत उक्त तालिम प्रदान गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष निराजन कुँवरले आफनै घर आगनमा यसरी तालिम आएकाले यो मौकाको सदुपयोग गर्न अनुरोध गरेका छन् । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय बझाङका कर्मचारी दशरथ बहादुर जर्पेलले अहिलेको युग प्रविधिको युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्बन्धी सीप सिकाउनु आवश्यक रहेकाले तालिम वडामा ल्याएको भन्दै तालिमका सहभागीहरुले एक चित्त भएर सिप सिक्न आग्रह गरे।

कार्यक्रममा पत्रकार , स्थानिय;कार्यालयका कर्मचारी लगायत कम्प्युटर तालिम लिने प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको प्रशिक्षण न्यू भवानी कम्यूटर ट्रेनिङ सेन्टर का लाेकेश जाग्रीले दिएका थिए ।

  • १० पुष २०८१, बुधबार प्रकाशित

  • Nabintech