स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटनामा निधन

असल शासन प्रतिनिधि

बाजुरा/ बाजुराका एक स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा मृत्यु भएको छ ।

बिहीवार साँझ धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

सो दुर्घटनामा बाजुराको बढीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए। मृतक खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक हुन्।

प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए। यस्तै खत्रीले चलाएको मोटरसाइकलमा पछाडी सवार २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन्। धनगढी उपमहानगरपालिका बस्ने पुरन शाहले चलाएको सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र खत्रीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो।

पाँच दिन अगाडि तालिमकाे सिलसिलामा धनगढीमा गएका खत्री ७ वर्ष अगाडी स्वास्थ्य समूहकाे तर्फबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।

खत्री आफु कार्यरत रहेकाे वडामा गाउँकाे स्वास्थ्य सुधार गर्ने योजनामा निरन्तर लागिरहेका थिए  ।

उनकाे शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ । उनकाे अपत्यारिलो मृत्युकाे खबरले बाजुराबासीले ठुलाे क्षति वेहाेर्नु परेकाे छ ।

दुई दिन अघि मात्रै TikTok मा भावुक status हालेका बाजुराका धर्मराज खत्रीको बाइक दुर्घटनामा परि उनले TikTok मा भने जस्तै उपचारका क्रममा निधन भएको छ । उहाँको status यस्तो थियो; “एक दिन मेरो ठूलो एक्सिडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्‍याउने जिम्मा तिमीलाई दिइयोस्। अनि तिमीसँग डाक्टरले भनोस् कि आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिनँ। तब तिमीलाई मेरो मायाको आभास हुनेछ र म सदाका लागि निदाउनेछु..

  • १२ पुष २०८१, शुक्रबार प्रकाशित

  • Nabintech