कन्चनपुर/ कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हानेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ आफैलाई गोलि हानेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार, जिप्रकाको प्रवन्ध शाखा (भण्डार कक्ष) को जिम्मेवारीमा रहेका प्रहरी जवानले शाखामा कोही नभएको बेला त्यही रहेको पेस्तोलले आफूलाई निधारमा गोली हानेका थिए ।
टाउकोमा गोली लागेका न्यौपानेलाई उपचारका लागि धनगढी स्थित नवजिवन अस्पताल लगिएको र उनलाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको बताईएको छ ।