बालिका शिक्षा कार्यक्रमको कोहलपुरमा सिकाइ आदान प्रदान

असल शासन प्रतिनिधि

नेपालगन्ज । बालिका शिक्षा कार्यक्रमको सिकाइ आदान प्रदान तथा आगामी योजना तय गर्ने उदेश्यले आयोजना गरिएको बैठक आज बाँकेको कोहलपुर नगरपालिकामा सम्पन्न भएको छ। बैठक रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आयोजित गरिएको हो।

बैठकको उद्देश्य बालिका शिक्षा कार्यक्रमका उपलब्धी, राम्रा अभ्यास र चुनौतीबारे छलफल गर्दै नियमित बालिका शिक्षा कार्यक्रम र जलवायु न्याय क्लब परियोजनाका गतिविधिहरूलाई समेटेर आगामी दिनमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल गरिएको थियो।


बैठकमा बोल्दै कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुबेदीले वालिका शिक्षा कार्यक्रमलाई कोहलपुर नगरपालिकाले प्राथमिकतामा राख्ने प्रतिबद्धता गरिन् । जिवन उपयोगी शिप र जलवायु कार्यक्रमको निरन्तरताका लागि कार्ययोजना सहित अगाडी बढ्ने उनको भनाई थियो ।


बैठकमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले शिक्षामा गरेको लगानीले समृद्धी ल्याउने बताउदै वालिका शिक्षा कार्यक्रमको प्रभावकारीतालाइ ध्यानमा राखि बजेट ब्यवस्थापन गर्ने बताए । उनले नगरपालिकाको प्राथमिकिकरण मध्ये वालिका शिक्षा कार्यक्रम पनि रहेको बताए । कार्यक्रमलाई नगरपालिकाको योजनामा समाबेश गर्न आवश्यक पहल गर्ने उनको भनाई थियो । बैठकको क्रममा कार्यक्रम सञ्चालीत बिद्यालयका प्रधानाध्याप, फोकल शिक्षक र भूतपूर्ब बालिका (अलुम्नाइ) कार्यक्रमको प्रभावकारीता र कार्यक्रमले ल्याएको सफताका बारेमा बोलेका थिए ।
बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले स्वागत गरेको बैठकको उद्धेश्यमाथि प्रकाश रुम टु रिडका बरिष्ट फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुँवर ले गरेका थिए । परियोजना संयोजक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रमका उपलब्धी, राम्रा अभ्यासहरु, चुनौतीहरुका बिषयमा रुम टु रिडका अफिसर निरोज कोईरालाले प्रश्तुतीकरण गरेका थिए ।

  • १४ पुष २०८१, आईतवार प्रकाशित

  • Nabintech