नेपालगन्ज । अग्रेजि नयाँ बर्ष आउनुभन्दा दुई दिन अगाडी परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल, यस उप्रान्त परमेश्वरको मण्डली मार्फत नीलसागर सेवाश्रममा सामाग्री वितरण गरेका छन् ।
छिमेकीसँग प्रेम बाड्दै नारा सहित नयाँ बर्षलाई स्वागत गर्दै नयाँ बर्षको शुभकामना सहित सामाग्री वितरण गरिएको मण्डलीले जनाएको छ । सोमबार बिहान ११ बजे सेवाश्रममा पुगेर परमेश्वरको मण्डलीका सन्तहरूले सामाग्री वितरण गर्दै सन् २०२५ को शुभकामना आदानप्रदान गरेका थिए। नीलसागर सेवाश्रममा ग्याँसको चुल्हो, तेल, चामल, चामलको पिठो, आलु, नून, चिनी, गेडागुडी, बिस्कुट आदि घरेलु सामग्री र खाद्यान्न, सँगै दैनिक उपभोग्य सामग्रीहरू वितरण गरिएको थियो ।
सामाग्री वितरण कार्यक्रममा उपस्थित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीले नयाँ बर्षको अवसरमा पवित्र उद्धेश्यले गरिएको सामाग्री वितरण प्रशंसनिय कार्य रहेको बताए । सो क्रममा बोल्दै परमेश्वरको मण्डलीका सदस्य मिन बहादुर पुन मगर ले नीलसागर सेवाश्रममा सामाग्री वितरण गर्न पाउँदा अतिनै खुसी लागेको बताए। सो क्रममा नीलसागर सेवाश्रमका सस्थापक अध्यक्ष सरिता खनाल ले सामाग्री वितरण गर्ने मण्डली परिवार प्रति धन्यबाद ब्यक्त गरेकी थिईन ।
शरीर अशक्त भएर यताउता हिँडडुल गर्न नसक्ने २३८ जना जेष्ठ नागरिककालागि सेवा प्रदान गरिएको मण्डलीले जनाएको छ ।
नयाँ बर्षको अवसरमा बाँके सँगै काठमाडौंको शान्तिनगरमा अवस्थित वृद्धाश्रम, बागमती प्रदेश ललितपुरको मञ्जुश्री वृद्धाश्रम, हेटौंडाको दिव्य निकेतन वृद्धाश्रम आदिको भ्रमण गरेर केश काटछाँट तथा सिङ्गार सेवा, सरसफाइ कार्यक्रम गरेको मण्डलीले बताएकोछ ।