नेपालगन्ज/ मुटु रोगबाट पीडित एक बिरामीलाई बास नेपालले सहयोग गरेको छ ।
बर्दिया मधुवन ८ ताराताल निवासी सृजना बि.क.लाई उपचार सहयोगका लागि १२ हजार सहयोग गरिएको हो ।
भेरी अस्पताल नेपालगन्जको आईसियुमा उपचारका लागि भर्नारत बिकको उपचार सहयोगका लागि अस्पताल परिसरमै बिकका श्रीमान
अम्मर बिकलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएकी बिकको उपचारका लागि चरम आर्थिक समस्या भएकाले बास नेपालले कर्मचारी र शुभचिन्तकहरुबाट संकलित रकमबाट सो सहयोग गरिएको हो ।
बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, सक्रिय सदस्य बसन्ति शर्मा, लेखा सहायक प्रदिप बोहराले सो सहयोग रकमको चेक बिरामीका श्रीमानलाई प्रदान गरेका थिए ।