दाँग/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको नेतृत्व सम्हालेपछी केही सुधारात्मक कामको सुरुवात गरेका छन् ।
मुख्यमन्त्री भएपछी खादामाला लगाउने र शुभकामना दिनेको भिडलाग्न थालेपछी मुख्यमन्त्रीले खादामाला लगाउने कामलाईनै रोके ।
मुख्यमन्त्रीले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरुबाट खादा, माला, अविर नलगाउने निर्णयनै गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनको सचिवालयले खादा, माला, अविर नलगाउन निषेध गरेको सूचना टाँस गरेको थियो ।
सार्वजनिक सूचना जारी गरेर खादामाला लगाउन रोकेका मुख्यमन्त्रीले यतिकैमा सिमत राखेनन्, बिभिन्न सार्वजनिक सभा, समारोहमा पुग्दा पनि खादामाला लगाउन छोडे । अहिले मुख्यमन्त्री सहभागि कार्यक्रममा उनी खादा तथा माला लगाउदैनन् । मुख्य मन्त्रीको यो कदमलाइ धेरैले सकारात्मक सन्देशको रुपमा लिएका छन् ।
खादा माला बिना ड्यासमा आसिन मूख्य मन्त्री लगाएत अतिथीहरु माथी, वहाँहरुका लागि तयार पारिएको फुलमाला टेवलमा तल ।
खादामाला नलगाउने निर्णयमा पुगेका मुख्यमन्त्रीले यो अभियानलाई सरकारकै अभियान बनाएका छन् । कार्यक्रम आयोजना गर्दा खादामालाको नाममा फजुलखर्च बढ्ने, अझ बाहिय देशबाट भित्रिएका खादा लगाउँदा स्वदेशी लगानी विदेशीने भन्दै उनले खादा माला निषेधको बिषयलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवालयले जनाएको छ ।
‘मुख्यमन्त्रीले लिएको निर्णयलाइ नागरिक समाजका ब्यक्तिहरुले समेत अनुकरणीय सन्देशको रुपमा लिएका छन् । नेपाली समाज आशन, भाषण, खादामाला र सम्मानमा अभ्यस्त भइरहेको बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको यो कदमले सकारात्मक सन्देश दिएको छ ।
नागरिक समाज दाङका संयोजक निम बहादुर थापाले बिभिन्न सार्वजनिक कार्यक्रममा खादामाला लगाउन र औपचारिक्तामा धेरै समय खर्चिने गरेकोमा मुख्यमन्त्रीले राम्रो कामको सुरुवात गरेको बताए । खादा र मालाको फेसननै चलेको थियो’ थापाले भने, ‘खादा, मालका नाममा भईरहेको अनुत्पादक खर्च र समयको व्यवस्थापनलाई सबैले सकारात्मक रुपमा दिन आवश्यक छ ।’
एकपटक लगाएपछि पुन प्रयोग गर्न नमिल्ने खादामाला मात्रै देखाउनको लागि मात्रै प्रयोग हुने र रकमको दुरुपयोग हुने भएकाले मुख्यमन्त्रीको सन्देशलाइ सबैले सिको गर्न जरुरी भएको उनको भनाइ छ ।
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य धर्म रोकायले मुख्यमन्त्रीले सरकारको नेतृत्व सम्हालेपछी फजुल खर्चलाई रोक्न गरिएको यो प्रयास हेर्दा सानो लाग्ने भएपनि यस्ले गहिरो सन्देश बोकेको बताए । सार्वजनिक पद धारण गरेका ब्यक्ति तथा अन्य नेताहरुले मुख्यमन्त्रीको यो निर्णयको सिको गर्नुपर्ने रोकायले बताए ।
पौष ११ गते दांगको लमहिमा गैसस महासंघ नेपालको आयोजनामा लुम्विनी प्रदेश स्तरिय नागरिक सम्मेलनमा प्रमुख अतिथी थिए मूख्य मन्त्री आचार्य । कार्यक्रममा शुरु हुनै लाग्दा ट्रे भरि सजाईएका मालाहरु बोकेर मञ्च तर्फ आयोजकहरु जाँदै गर्दा मूख्य मन्त्री आचार्यले म आएको कार्यक्रममा फुल माला प्रयोग नगर्ने गरेको बताउँदै माला लगाउन रोकेका थिए । मूख्य मन्त्रीले यसरी कार्यक्रम र भ्रमणको बेला तयार भएका खादा, माला नलगाएर मितव्ययिता र अनौपचारिकतामा जोड दिईरहेका छन् ।
मुख्यमन्त्री आचार्यले आफु चर्चामा आउनका लागि र कुनै देखावटीका लागि नभइ राम्रो कामको सुरुवात आफैबाट गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यो निर्णय गरेको बताए । खादामाला नलगाउने निर्णय हेर्दा सानो लाग्ने भएपनि यसको सन्देश महत्वपूर्ण भएको मुख्यमन्त्री आचार्यको भनाइ छ । हामिले लगाउने खादामाला विदेशबाट ल्याइएका हुन, त्यसको रकम विदेशनै जाने भएकाले यसलाई रोक्न खोजेको हुँ’ मुख्यमन्त्री आचार्यले भने, ‘मुख्यमन्त्री, मन्त्रिलाई लगाइदिने भन्दै खादामाला किन्ने काम हुन्छ, यसलाई रोक्दा नागरिककै पैसा जोगिन्छ, त्यही भएर यसलाई सरकारकै कार्यक्रम बनायौं ।’
मुख्यमन्त्री आचार्यले यात्राको क्रममा सुरक्षा निकायबाट गरिने स्कटिङ्गलाई समेत घटाएका छन् । आफूसँग रहेका टोलीबाहेक जिल्ला तहमा पुग्दा त्यहाँबाट गरिने स्कटिङ्गलाई रोकिएको सचिबालयले जनाएको छ । यति मात्रै होइन मुख्यमन्त्री आचार्यले समय व्यवस्थापनलाई समेत उच्च प्राथमिकतामा राखेका छन् ।
प्रदेश सरकारले आयोजना गर्ने होस या अन्य संघ, संस्था तथा निकायले आयोजना गर्ने कार्यक्रम तोकिएको समयमै सुरु गर्ने परिपाटी मुख्यमन्त्रीले बसालेका छन् । आयोजकले जतिबजेको समय दिएको छ, त्यो भन्दा केही मिनेट अघिनै मुख्यमन्त्री कार्यक्रममा पुग्ने गरेका छन् । प्राय जसो हरेक कार्यक्रमहरु समयमा सुरु नहुने, तोकिएको समय भन्दा १ घण्टा ढिलो सुरु हुने परिपाटी रहेकोमा मुख्यमन्त्री आचार्यल जुनसुकै कार्यक्रम ताकिएकै समयमा सुरु हुनुपर्ने र समयको महत्वलाइ सबैले बुझ्नु पर्ने सन्देश दिएको मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले बताए ।
‘जतिबेला कार्यक्रमको समय तोकिएको हुन्छ, त्यो भन्दा केही अघिनै पुग्ने गर्नुहुन्छ, यसबाट समयको महत्व बुझ्न जरुरी छ, उनले भने, ‘मुख्यमन्त्रीको कारणले कार्यक्रम ढिला भयो भन्ने अवस्था आएको छैन्, समय दिएको ठाउँमा समयमै पुग्ने परिपाटीको विकास भएको छ ।’
समय व्यवस्थापन भित्र सुशासन, पारदर्शीता र जवाफदेहिताको सन्देश भएकाले मुख्यमन्त्री आचार्यले प्रदेशमा सुशासन प्रवद्र्धनका लागि बिविध प्रयासहरु थालेका छन् । मुख्यमन्त्रीको यि प्रयासलाइ सबैले सकारात्मक रुपमा लिएर ब्यबहारमा लागु गर्न आवश्यक छ ।