पब्लिक स्पिच दैलेख २०८१ हुँदै

असल शासन प्रतिनिधि

दैलेख/ दैलेख जिल्लकाको चामुण्डा विन्द्रासैनीमा पब्लिक स्पीच दैलेख २०८१ हुने भएको छ ।

प्रजातन्त दिवसको अवसर पारेर यहि फाल्गुन ७ र ८ गते चामुण्डा विन्द्रासैनीको खुल्लामैदानमा कार्यक्रम हुने भएको हो ।

जय विन्द्रासैनि युवा क्लव र बास नेपाल दैलेख शाखाको आयोजनामा सो कार्यक्रम हुने भएको हो ।

आयोजकहरुले आज पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार युवाहरुको बौद्धिक क्षमता अभिबृद्दी गर्नका लागि दैलेखमा पहिलो पटक प्रतियोगिता गर्न लागिएको हो ।

क्लबका अध्यक्ष पृथ्वी बिक्रम शाहीका अनुसार,  दैलेखका ११ वटै पालिकाहरुमा पालिका स्तरको पब्लिक स्पिच २०८१ गरिनेछ ।

दैलेखको आठबीस, नगरपालिकामा माघ ४ गते, ठाँटीकाँध गाउँपालिकामा माघ ५ गते, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा माघ ६ गते, दुल्लु नगरपालिकामा माघ ७ गते, भैरवी गाउँपालिकामा माघ ८ गते, महाबु गाउँपालिकामा माघ ९ गते, नारायण नगरपालिकामा माघ १० गते, नौमूले गाउँपालिकामा माघ ११ गते, भगवतीमाई गाउँपालिकामा माघ १२ गते, डुङ्गेश्वर गाउँपालिकामा माघ १३ र, गुराँस गाउँपालिकामा माघ १४ गते पालिका स्तरिय छनोट कार्यक्रम हुनेछन् ।

पालिका स्तरिय प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तोना हुने प्रतियोगिहरुलाई क्रमशः ५,०००, ३,०००, २,००० र १५०० नगद सहित कदरपत्र प्रदान गरिनेछ भने हरेक पालिकामा प्रथम,द्धितीय र तृतिय हुनेहरु बिच फाल्गुन ७ र ८ गते चामुण्डा विन्द्रासैनीमा सेमिफाइल र फाइनल प्रतियोगिता हुनेछ ।

जिल्ला स्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ३३ हजार, २२ हजार र ११ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरि प्रतिष्पर्धीहरु मध्येबाट एक जनाले २५ हजार रुपैयाँको पब्लिक च्वाईस अवार्ड प्राप्त गर्ने छन् ।

कार्यक्रमकम सहभागी हुने प्रतियोगीले सुशासन र भ्रष्टाचार नियन्त्रण, दिगो विकासका लागि युवा, लागु औषध दुर्ब्यसनि, युवा स्वरोजगार, लैङ्गिक हिंसा न्युनिकरण, जलबायु परिवर्तन र कला, संस्कृति विषयमा बक्तव्य दिनुपर्नेछ ।

कार्यक्रममा राष्ट्रिय सुचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, बि.बि.नेपाली सेवाका पूर्व पत्रकार नेत्र के.सि., भ्रष्टाचार विरुद्धका अभियन्ता नमस्कार शाह लगायत ५ जना चर्चित व्यक्तिहरु रहेको निर्णायक समिति गठन गरिएको छ साथै कार्यक्रमका १ जना राष्ट्रिय स्तरका सेलिबे्रटीको सहभागिता रहने आयोजकले जनाएको छ ।

  • २१ पुष २०८१, आईतवार प्रकाशित

  • Nabintech