नेपालगन्ज स्लो बाईक प्रतियोगिता शनिवार हुने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि शनिवार नेपालगन्जमा नेपालगञ्ज स्लो बाईक प्रतियोगिताको हुने भएको छ ।
बिगत पाँच बर्ष देखि बास नेपालको आयोजनामा हुँदै आएको नेपालगन्जको नेपालगञ्ज स्लो बाईक प्रतियोगिताको पाँचौं संस्करण यहि शनिवार हुने भएको हो ।

न्यूरोडको बौद्ध गुम्वा अगाडी हुने सो प्रतियोगिताका प्रतियोगिहरुले १०० मिटरको दुरी पार गर्नुपर्नेछ । सबै भन्दा बढि समय लगाएर दुरी पार गर्ने प्रतियोगि बिजयि हुनेछन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिनेछ ।

सवारी सुरक्षा, ट्राफिक नियमको पालना गरि दूर्घटना न्युनिकरणका लागि सन्देश प्रबाह गर्ने उद्धेश्यले गर्न लागिएको सो प्रतियोगितामा हिरो मोटरसाईकल, एमएस टे«ड इन्टरनेशनलले मूख्य प्रायोजन गरेको छ भने होण्डा मोटरसाईकल र टिभिएस मोटरसाईकलले प्रयोजन गरेका छन् । प्रतियोगितामा सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य रहेको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बास नेपालले जनाएको छ ।

प्रतियोगिताबाट पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गर्ने हुने अपेक्षा लिईएको छ ।

 

  • २५ पुष २०८१, बिहीबार प्रकाशित

  • Nabintech