भुक्तानीका लागि एसएमएसबाट जानकारी दिईने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले ६० दिनभन्दा बढी बक्यौता रहेका ग्राहकहरुलाई भुक्तानीका लागि एसएमएसद्वारा जानकारी दिने भएकोछ ।

पहिलो चरणमा परिक्षण स्वरुप आफ्नो अन्तरगतको नयाँ मिल वितरण केन्द्रका ६० दिनभन्दा बढी बक्यौता रहेका ग्राहकलाई जानकारी दिने व्यवस्था मिलाउन लागिएको लुम्बिनी प्रादेशिक कार्यालयले जानकारी गराएको हो ।

कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत एक सुचना जारी गर्दै भुक्तानीका लागि आग्रह गर्दै लाइन काटिने अभ्यासको सुरुवात गर्न लागेको हो ।

प्राधिकरणको प्रचलित विनियमयले ६० दिन बढी बक्यौता रहेका ग्राहकको बक्यौता असुलीका लागि जुनसुकै बेला लाइन काट्ने प्रावधान राखेता पनि ग्राहकवर्गबाट बिना सुचना लाइन काटेको, बक्यौता थाहा नपाएको लगायतको गुनासो बढेपछि पहिलोपटक लुम्बिनी प्रादेशिक कार्यालयले आफ्नो स्तरबाट त्यस्ता ग्राहकलाई छिटै एसएमएस पठाउने तयारी गरेको हो ।

त्यसक्रममा थालिने परिक्षण अभ्यास सफल भएमा थप विस्तार हुने जनाइएको छ ।

यसले ग्राहकको गुनासोमा कमी आउने र समयमै भुक्तानी गर्नेको दर बढ्ने विश्वास लिएको बताइएको छ ।

त्यसैगरि, जनगुनासो व्यवस्थापनका लागि प्रादेशिक कार्यालयमा सञ्चालित कल सेन्टरलाई २४ घन्टानै सन्चालन गर्ने भएको छ ।

लुम्बिनी प्रदेश अन्तरगतका कुनै पनि वितरण केन्द्रमा ग्राहकको फोन न उठेमा सन्चालित कल सेन्टरले नै कल ब्याक गर्ने व्यवस्था मिलाएको पनि प्रादेशिक कार्यालय बुटवलले जनाएको छ । ग्राहक गुनासो व्यवस्थापन र दुरुस्त सेवाप्रवाहमा यी दुवै कदम महत्वपुर्ण हुनेछन ।

  • १ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech