पुणे/प्रवासि नेपालीहरुलाई एकता गर्ने र मनोरन्जन गर्ने उद्धेश्यले भारतको पुणेमा चौथो बृहत सास्कृतीक कार्यक्रम हुने भएको छ ।
शिवसेना नेपालको आयोजनमा २० जनवरीमा उक्त कार्यक्रम हुने भएको हो । पुणेको ज्ञानज्योती साबित्रीबाई फुले स्मारक भवानी पेठ टेमर मार्केटमा कार्यक्रम हुने आयोजक समितिका सदस्य जगत नेपालीले बताए । समिती सदस्य नेपालीका अनुसार यस बर्ष हुने कार्यक्रममा नेपाली गित सङ्गितका सम्राट भनेर चिनिने राजु परियारको उपस्थिति रहने बताएको छ । परियारसङ्गै दर्जनौ कलाहरु सास्कृतीक कार्यक्रमका लागि भारतको पुणे पुग्ने आयोजकले जनाएको छ । उक्त बृहत सास्कृतीक कार्यक्रमको सञ्चालन पत्रकार ललिता मलातीले गर्ने आयोजकले जनाएकोछ ।