खजुरा वडा नम्वर २ को सार्वजनिक सुनुवाई सम्पन्न

असल शासन प्रतिनिधि

खजुरा/ खजुरा गाउँपालिका वडा नम्वर २ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजना र बास नेपालको सहजिकरणमा सो सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सुनुवाईको अन्तमा ५ बुँदे सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । घोषणा गरिएका प्रतिबद्धताहरुमा परसपुर गौघाट सडक निर्माण कार्य ढिलाई भएकाले चार महिना भित्र निर्माण कार्य सम्पन्न गर्न ताकेता गर्ने, वडा नम्वर २ भित्रका सडक वरिपरि अलहर र ढैया रोप्नाले सडकमा आवत, जावतमा कठिनाई हुने गरेकाले स्थानीयको सहभागितामा वडा कार्यालयले सफाई गर्ने, स्थानीयले पालेका गाईहरु दुध दिन छोडेपछि छाडा छोड्नाले जँगल नजिकका बालिनाली खाईदिने समस्या समाधानका लागि ट्याग लगाउने, बाल क्लब र किशोरी क्लबहरुका लागि आवश्यकताका आधारमा सहयोग गर्ने लगायत रहेका छन् ।

प्रतिबद्धताहरुमा वडाध्यक्ष धनराम वली क्षेत्री, सदस्य मैसरा पुन, सिता कुमारी बि.क., मिना कुमारी सुनार, वडा सचिव बिजय चौधरी, सितापुर स्वास्थ्य चौकीका प्रेम बहादुर चन्द लगायतले हस्ताक्षर गरेका छन् ।

बिभिन्न बिकास निर्माण र सेवा प्रबाह बारे जनप्रतिनिधि र सहभागि बिच डेढ घण्टा दोहोरो सम्वाद भएको कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए ।

बास नेपालका उपाध्यक्ष शिव कुमार बर्माले सहजिकरण गरेको कार्यक्रममा वडाले सम्पन्न गरेका बिकास निर्माणका कार्य र सेवा प्रबाह बारे वडाअध्यक्ष धनराम वलीले जानकारी गराएका थिए ।

  • ७ माघ २०८१, सोमबार प्रकाशित

  • Nabintech