नेपालगन्जमा अलुम्नाइहरुको अनुभव आदानप्रदान र प्रतिभा शो

असल शासन प्रतिनिधि

नेपालगन्ज । बालिका शिक्षा कार्यक्रम अन्तर्गत नेपालगन्जमा अलुम्नाइ मिटअप कार्यक्रम भएको छ ।
बास नेपालले रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरेको उक्त कार्यक्रममा कक्षा १२ पास अर्थात (अलुम्नाइ) बालिकाहरूलाई एकै ठाउँमा भेला गराएर मिटअप गरिएको हो । अलुम्नाईहरुकालागि हरेक वर्ष आयोजना गर्दै आएको मिटअप कार्यक्रमले बालिकाहरूको प्रगतिबारे जानकारी लिने, सफलताका कथा आदानप्रदान गर्ने तथा आपसी सम्बन्धलाई सुदृढ गर्ने उद्देश्य राखेको थियो । खजुरा गाउँपालिकाको श्री ज्ञानोद्धय नमुना माबि र कोहलपुर नगरपालिकाको श्री राम माबि मार्फत बालिका शिक्षा कार्यक्रमबाट कक्षा १२ उत्तीर्ण गरेर क्याम्पस तथा विभिन्न क्षेत्रमा सक्रिय बालिकाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमको उद्घाटनमा स्वागत गर्दै बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले कक्षा १२ पास गरेर विभिन्न क्षेत्रमा क्रियाशिल बालिकाहरुलाई एकै ठाँउमा सहभागि भएर अनुभव आदान प्रदान र प्रतिभा शो गरेको देख्दा खुसी लागेको बताए ।
कार्यक्रममा रुम टु रिडका वरिष्ठ फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुँवरले बालिकाहरुलाई पढाई निरन्तरता दिदै ब्यक्तिगत र सामाजिक रुपमा सकारात्मक कार्य गर्न अनुरोध गरेका थिए । उनले अलुम्नाइ व्यक्तित्वहरूको कथा सुन्दा गर्व महसुस भएको बताए । कार्यक्रममा क्यारियर काउन्सिलिङ र उत्प्रेरणाका विषयमा रुम टु रिडका कार्यक्रम अधिकृत निरोज कोइरालाले प्रस्तुति गरेका थिए भने अल्मुनाई नेटवर्क फरमेसन कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए ।

बास नेपालका वरिष्ठ सामाजिक परिचालक जमुना चौधरीले सहजीकरण गरेको कार्यक्रममा सहभागी बालिकाहरू सन्ध्या थापा मगर, प्रकृती भण्डारी, लक्ष्मी पुन मगर, रहमतुल खाँ, ले आफ्नो अनुभव र प्रेरणाका कथा सुनाएका थिए । उनीहरुले बालिका शिक्षा कार्यक्रमले आफ्नो जीवनमा ल्याएको सकारात्मक परिवर्तनबारे बताएका थिए । उनीहरूले जीवन जिउने कला, बोल्ने सीप, निर्णय क्षमताको विकास र समस्यासमाधान गर्न सिकेको अनुभव सुनाएका थिए । कार्यक्रममा अल्मुनाईहरूको प्रतिभा उजागर गर्न ट्यालेन्ट शो पनि गरिएको थियो ।
कार्यक्रममा बासका लेखा अधिकृत हंस शाही, बरिष्ठ सामाजिक परिचालक मेघा राना, रचना चौधरी, चन्द्रा बुढा, शोभा थापा मगर, र ५० जना अल्मुनाईहरूको सक्रिय सहभागिता रहेको थियो ।

 

  • ७ माघ २०८१, सोमबार प्रकाशित

  • Nabintech