नेपालगञ्ज एकाउन्टबिलिटी ल्याव र बास नेपालको सहकार्यमा आयोजनामा गरिएको भ्रष्टाचार बिरुद्ध समाचार सम्प्रेसन गर्दा सञ्चार माध्यामहरुले भोगेका चुनौतीहरुका बारेमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
एकाउन्टबिलिटी ल्याव र बास नेपालले युथ फर डेमोक्रेसी कार्यक्रम अन्र्तगत आज नेपालगञ्जमा रहेका पत्रकारहरु सँग गरिएको अन्तक्रिया कार्यक्रममा पत्रकारहरुले सुशासनका क्षेत्रमा कलम चलाउदै गर्दा भोग्नुपरेका चुनौतीहरु र समाचार सम्प्रेसन भैसकेपछि भएका परिबर्तनहरुका बारेमा छलफल गरिएको थियो ।
देशमा सुशासन स्थापनार्थ सञ्चारकर्मीहरुको महत्वपुर्ण भुमिका रहने भएकाले आर्थिक तथा नितिगत भ्रष्टाचारका कुराहरुलाई मिडिया मार्फत बाहिर ल्याएर कार्बाहीका लागि पहल गरेको, आफुहरुले प्रकाशित गरेका समाचारहरुको कारणले बिभिन्न ठाउँबाट धम्कीहरु आउने गरेका, रिपोर्टिङको शिलशिलामा सबैको साथ सपोर्ट नहुने गरेको, एउटा मिडियाले लेखेको कुरालाई अर्को मिडियाले सपोर्ट नगर्ने, सुशासनको सम्बन्धि सबैले काम गरिरहेको भएपनि सरकारी कर्मचारीहरुको लापरवाही हुनेगरेको, अख्तियारले पहिले स्टिङ अप्रेशन गर्दा भ्रष्टाचार घटनाहरु अलि कमै सुनिने भएता पनि अहिले स्टिङ अप्रेशनलाई रोक्दा घटनाहरु बढ्दै गएको अन्तक्रियामा सञचारकर्मीहरुले बताए ।
त्यस्तै सोही अन्र्तक्रियामा सदाचार र जवाफदेहिताको खडेरी रहेको, समाचार सम्प्रेशन गर्दा विभिन्न चुनौतीहरु रहेका छ भने कतिपयको कलम पनि बन्द भएको अबस्था पनि रहेको सृजना भएको, एक सञ्चार माध्याममा आएको बिषयलाई अर्को सञ्चार माध्यामले नउठाउने गरेको, संघियता पश्चात गाउँगाउँमा सिंह दरबार हैन गाउँ गाउमा भ्रस्टाचार भन्ने कुराको महशुस हुनुका साथै भ्रष्टाचार सँग सम्बन्धित कुराहरु अख्तियार र सिडियो कार्यालय बाटै मिडियालाई प्राप्त नहुने गरेको अन्तक्रियामा सहभागीहरुले बताए ।
झण्डै दुई घण्टा सम्म चलेको उक्त अन्तक्रियामा कृष्णसार एफएम, सदभाव दैनिक, पत्रकार महासँघ बाँके शाखा, हाम्रो संरचना,मिसन टुडे, ग्लोवल प्रेस, गोरखापत्र र नागरिक दैनिक बाट पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम एकाउन्टबिलिटी ल्याबकी सिएफए ज्योती बुढा असल शासन मिडिया प्रबन्धक तपेन्द्र मलातीले सहजीकरण गरेका थिए ।