नेपालगञ्ज बाँकेको जानकी गाँउपालिकामा बास नेपालको जानकी उपशाखा पुनर्गठन भएको छ ।
बास नेपालको जिल्ला शाखा अधिबेशनको संघारमै पालिका स्तरका सबै उपशाखा पुनर्गठन गरिसक्ने ध्येका साथ जिल्ला अगाडी बढेको बाँके जिल्ला शाखा अध्यक्ष शोभा थापामागर बताउँछिन् ।
बास नेपालका केन्द्रीय सदस्य मनमोहन बर्मा र बाँके शाखा अध्यक्ष शोभा थापा मगरको उपस्थितिमा बुधवार जानकी गाउँपालिकामा सबै वडाहरुबाट युवाहरुको भेला गरी ११ सदस्यिय समिति पुनर्गठन गरिएको हो ।
सक्रिय युवा सकिल अहमद राईको अध्यक्षतामा पुनर्गठन गरिएको समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश क्रान्ति बढही, बिकास बर्मा,आशिक अलि नाउ र रहमान अलि नाउ रहेका छन् ।
त्यसैगरी समितिका अन्य सदस्यहरुमा जाकिर हुसेन बागवान, कबि राम बर्मा, मोहित कुम्हार, किरण बढही, दिपेन्द्र यादव, चन्द्र प्रकाश यादव रहेको छन्् ।