राष्ट्रिय अपाङ्गता संगठन नेपालको अध्यक्षमा टेकराज जैशी

पवनराज उपाध्याय

नेपालगञ्ज / नेकपा एमालेको भातृ संगठन राष्ट्रिय अपाङ्गता संगठन नेपालको जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा टेकराज जैशी सर्बसहमतिबाट चयन भएका छन् ।

कोहलपुर पार्टी प्यालेसमा हिजो सम्पन भेलाबाट सर्वसहमत अध्यक्षमा जैशी चयन भएका हुन् भने समितिको उपाध्यक्ष महिलामा बिष्णु बुढा, उपाध्यक्ष पुरुषमा अमन थारु, सचिवमा पुष्प प्रशाद उप्रेती, उपसचिवमा हिरा कुमारी खत्री र कोषाध्यक्षमा बाल कृष्ण डि.सी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमश मन कुमार नेपाली, अमर सिंह रोकाया, कुशव रिमाल, धनमाया शर्मा, जाहिर यादव, शमशुल भाट र सुमन कुमारी थारु रहेका छन् ।

केन्द्रका अध्यक्ष मित्रलाल शर्मा प्रदेश कमिटी अध्यक्ष हेमनाथ ज्ञवाली राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष पार्टी उपसचिव निर्मला सुनार कमिटी अध्यक्ष लगायतको सहभागितामा १३ सदस्य कार्यसमिति चयन गरिएको थियो ।

 

  • १६ माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech