बालिका शिक्षा कार्यक्रमले जिउन सिकाएको छ–अलुम्नाई बालिका

असल शासन प्रतिनिधि

नेपालगन्ज । बर्दियाको राजापुरमा भएको अल्मुनाई मिटअपका सहभागि अलुम्नाईहरुले बालिका शिक्षा कार्यक्रमले जिवन जिउन सिकाएको बताएका छन् ।
बास नेपालले रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरेको उक्त कार्यक्रममा सहभागि कक्षा १२ पास अर्थात (अलुम्नाइ) बालिकाहरूले अनुभव आदान प्रदान गर्दै यस्तो बताएका हुन ।


राजापुर क्षेत्रका विभिन्न बिद्यालय मार्फत बालिका शिक्षा कार्यक्रमबाट कक्षा १२ उत्तीर्ण गरेर क्याम्पस तथा विभिन्न क्षेत्रमा सक्रिय बालिकाहरूको सहभागितामा गरिएको मिटअप कार्यक्रमले बालिकाहरूको प्रगतिबारे जानकारी लिने, सफलताका कथा आदानप्रदान गर्ने तथा आपसी सम्बन्धलाई सुदृढ गर्ने उद्देश्य राखेको थियो । कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय महासचिब खुमेश सुवेदीले बालिकाहरुको अनुभव सुने पछि बालिका शिक्षा कार्यक्रमको प्रभावकारीता निकै रहेको जानकारी भएको बताए । उनले बालिका शिक्षा कार्यक्रमले बालिकाहरुलाई जिवन जिउन सिकाएको भन्दै खुसी ब्यक्त गरे ।


कार्यक्रममा क्यारियर काउन्सिलिङ र उत्प्रेरणाका विषयमा बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले प्रस्तुति गरेका थिए ।

बास नेपालका वरिष्ठ सामाजिक परिचालक रचना चौधरीले सहजीकरण गरेको कार्यक्रममा सहभागी बालिकाहरू रबिना थारु, आरती चौधरी, दिल कुमारी चौधरी, रिमा थारु, अनुसा थारु, निशा थारुले अनुभव सुनाएका थिए भने सबै सहभागिहरुले प्रतिभा उजागर गर्न ट्यालेन्ट शो गरेका थिए । कार्यक्रममा बासका लेखा अधिकृत हंश शाही, बरिष्ठ सामाजिक परिचालक शोभा भण्डारी, बालिका शिक्षा कार्यक्रमका पूर्ब कर्मचारी संजिता रिजाल भट्ट, स्थानीय युवा सिवानी चौधरीको उपस्थिती रहेको थियो ।

  • १६ माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech