नेपालगन्जमा खुुसीको गोरेटो

रबिन्द्र बोहरा

संसारका खुसी मानिस ती होइनन् जसले धेरै पाएका छन् । खुसी मानिस ती हुन जसले धेरै दिएका छन् । हामी हिमालको चुचुरो हेरेर मात्र त्यहाँ पुग्न सक्दैनौँ । त्यसका लागि यात्रा आरम्भ गर्नुपर्छ । तिमी को हौ भनि जान्न चाहान्छौ भने कसैलाई नसोध । बरु कर्म गर त्यसले नै तिम्रो पहिचान बनाउने छ । खुट्टाम जुत्ता छैन भनेर दुखि नहोऔँ । यहाँ कतिपय खुट्टा नहुनेहरु पनि छन् । यी भनाईहरु संग्रहित भएको पुस्तक खुसीको गोरेटो माघ १६ गते नेपालगन्मा सार्वजनिक भएको छ ।


नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाद्धारा लिखित उक्त पुस्तक बुधबार सार्वजनिक भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टको प्रमुख आथित्यतामा आयोजित पुस्तक सार्वनिकरण कार्यक्रममा पुस्तकका लेखक कृष्णहरि बास्कोटाले पुस्तकको बारेमा जानकारी गराउँदै वर्तमान समयमा नेपाली समाजमा नकरात्मकता वृद्धि हुँदै गएको र नेपाली समाजमा सकारात्मकताको सिर्जना गर्नपर्छ भन्ने अभिप्रायका साथ पुस्तक लेखेको बताए ।
उनले पछिल्लो समय नकारात्मकता हावि हुँदै गएको बताउँदै मानिसहरु जता पनि दुखी हुन थालेको अवस्था सिर्जना भएको भन्दै वास्तवमा मानिसहरुले सोचे जस्तो नकारात्मक वातावरण नभएको तर्क दिँदै मानिसहरुले खुसी हुन नजानको र त्यसको राज नबुझेको बताए । मानिस खुसी कसरी हुन सकिन्छ ? त्यसका विधि तथा उपाहरु के के हुन सक्छन् ? समाज कसरी परिवर्तन गर्न सकिन्छ ? कसरी सफल हुन सकिन्छ जस्ता सुत्रहरु तथा उनले आफ्नो जीवन्त भोगाईको आधारमा व्यवहारीक रुपबाट सुखी हुने बाटोहरु के के हुन सक्छन् भन्ने विषयहरु पुस्तकमा समेटिएको बताए ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले लेखक बास्कोटाबाट आफु प्रभावित रहेको र वहाँको उत्प्रेरणा र प्रवचन मार्फत आफुले जीवन निराशा, रिस, असन्तुष्टि त्यगेको बताउँदै कृष्णहरि आम युवाहरुले वहाँबाट ज्ञान लिनुपर्ने र असल चरित्र निर्माण गर्न सिक्नु पर्ने बताए ।
प्रमुख बिष्टले कृष्णहरि बास्कोटाले समाज र राष्ट्र रुपान्तरणमा देखाएको अग्रसरताको प्रशंसा गर्दै खुसीको गोरेटो पुस्तकले नेपाली समाजमा सकारात्मक उर्जा ल्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले कृष्णहरि बास्कोटा आफु शाखा अधिकृत रहँदाको समय देखि नै निजामति सेवामा असल छाप छोडेको उदाहरण दिँदै हाल सम्म पनि वहाँले निजामती सेवामा अवकास लिइ सक्दा समेत पनि आफ्नो कर्मलाई सोही अनुसार निरन्तरता दिँदै लगेको पाएकोमा खुसि व्यक्त गरे भने यसरी असल कार्यको अनुभव सहितको जीवन्त पुस्तक खुसीको गोरेटो प्रकाशन भएकोमा हर्ष व्यक्त गरे ।


नेपालगन्ज उपमहानगरपालिका निवर्तमान उपप्रमुख उमा थापा मगरले कार्यक्रममा बोल्दै पुस्तकले नेपाली युवाहरुमा खुसिका किरणहरु भर्नमा सहयोग गर्ने बताएँदै अर्को संस्करणमा अझै परस्कृत भएर निस्कने विश्वास लिइन् ।
बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षमा भएको कार्यक्रममा स्वास्थ कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाही, नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, मंगल प्रसाद महिला कलेजका प्रद्यानाध्यपक रविन्द्र कर्ण, सहित्यकार महानन्द ढकाल, दिदीवहिनी समाज बाँकेका अध्यक्ष रमादेवी शाह, गैर सरकारी संस्था महासंघ बाँकेका सदस्य अविराज क्षेत्री, समाजिक अभियान्ता श्रीराम सिग्देल, अधिवक्ता विश्वजित तिवारी लगाएत सरकारी कार्यालय, निजि क्षेत्र, गैर सरकारी संघसंस्थाका प्रमुख प्रतिनिधि सहित१०० बढिको कार्यक्रमा सहभागिता रहेको थियो ।
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए ।

  • १६ माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech