नेपालगन्ज / बागेश्वरी असल शासन क्लव ( बास नेपाल ) को बैझनाथ उपशाखा पुनर्गठन भएको छ भने उपशाखाको अध्यक्ष मा राज कुमारी थारु चयन भएकी छिन ।
सम्झना आधारभुत बिद्यालयमा आज उपस्थित भेला बाट ९ सदस्य उपशाखा पुनर्गठन गरिएको छ भने उपशाखाको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश स्वरुप थारु, जमुना खड्का, गौतम थारु र प्रतिमा सोनि रहेका छ्न ।
त्यसैगरी सदस्यहरुमा क्रमशः रिधिमा थारु, शिव कुमारी थारु र रोशन थारु रहेका छन ।
बास नेपाल बाके शाखा अध्यक्ष शोभा थापामगर, निर्देशक हेमराज भट्ट र बास नेपालका पुर्ब केन्द्रिय सदस्य ध्रुब जङ शाहको उपस्थितिमा उपशाखा पुनर्गठन गरिएको हो ।
साथै भेलामा सहभागी हरुलाई पुर्ब केन्द्रिय सदस्य ध्रुब जङ शाह ले सुशासन अभिवृद्धिमा किशोर किशोरी तथा युवाको भूमिकाकाका बारेमा प्रशिक्षण दिएका थिए ।