नेपालगञ्ज / ईन्टरनेशनल वीलभयु फाउन्डेसनको आयोजनामा बिहिवार नेपालगञ्जमा बृहतरुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीलभयू, ‘आमाको प्रेम’द्वारा जीवनको कदर गर्दै रक्तदान जिबनदानको उद्धेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा चार सय जनाले रक्तदान कार्यक्रम गरेका छन् ।
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयुुका एक जना अधिकारीका अनुसार “अहिलेसम्म जोखिममा परेको मानिसहरुको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान भएकाले जीवनको मूल्यको कदर गर्दै सदस्यहरू एउटै चित्तका भएर रक्तदानमा सहभागी भएका हुन् । उन थप्छन् यसले खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुरÞ्याउनेछ भन्ने आशा गर्दछौं ।”
भेरी बस व्यवसायी प्रा.लि.नेपालगंजको सभा हलमा बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म आयोजित रक्तदान कार्यक्रममा नेपालगंज, भिमदत्त, धनगढी, टीकापुर, वीरेन्द्रनगर, कोहलपुर गरि विभिन्न ठाउँबाट इन्टरनेशनल वीलभयू फाउन्डेसन (क्ष्लतभचलबतष्यलब िध्भ ीयखभ थ्यग ँयगलमबतष्यल) का सदस्यहरू, उनीहरूको परिवार तथा छिमेकीहरू गरी करीब ४०० जनाले सहभागिता जनाए । स्वास्थ्य जाँचदेखि लिएर रक्तदान गर्नेसम्मको सम्पूर्ण प्रक्रियामा सहभागीहरू क्रमबद्ध ढङ्गले उज्यालो मुहारका साथ सहभागी भए ।
कार्यक्रममा प्रमुख अतिथी लुम्बीनी प्रदेश, बाँके क्षेत्र नम्बर २(क) का माननीय भन्डारी लाल यादव र अतिथीहरूमा नेपालगंज उपमहानगरपालिका वडा नं.४ का वडा अध्यक्ष गोपाल पुन, वडा नं ९ का वडा अध्यक्ष श्री गोबिन्द प्रसाद रेग्मी, रा.स्व.पा. का बाँके जिल्ला सभापति श्री हरिपाल सिहं के.सी., नेपाल रेडक्रस सोसाइटी लुम्बीनी प्रदेश उप–संयोजक तथा प्रादेसिक रक्तसंचार बाँकेका संयोजक राज कुमार बर्मा, रक्तसंचार प्रमुख नेपालगंजका उपेन्द्र रेग्मी, रक्तसंचार कोहलपुर शाखाका संयोजक राजेन्द्र महतरा, वीलभयू फाउन्डेसन पश्चिम क्षेत्रका प्रतिनिधी अनिल मोक्तान, भिमदत्त्तका प्रतिनिधी राकेश कायस्ता, टिकापुरका प्रतिनिधी रबि भित्रिकोटी, सुर्खेतका प्रतिनिधी मोहन सुनुवार, कोहलपुरका प्रतिनिधी गोविन्द बहादुर आले मगर, नेपालगंजका प्रतिनिधी विकास अधिकारी, एन.टि.भी.कोहलपुर र एभिन्यूज टेलिभिजनका प्रतिनिधी तथा पत्राकार मित्रहरूको सहभागिता रहेको थियो ।
माननीय भन्डारी लाल यादव ज्यूले “रक्तदान अरूको जीवन बचाउने परोपकारी र अरूको भलाइ गर्ने कार्य हो भन्दै आफुले पनि विगतको समय देखि रक्तदान गर्दै अएको र वीलभयू फाउन्डेसनले यस क्षेत्रमा रक्तदान गरिदिएकोमा कृतज्ञता व्यक्त गर्दै सहभागीहरूलाई प्रोत्साहित गरे । त्यसै गरी वडा नं. ९ का वडा अध्यक्ष श्री गोविन्द प्रसाद रेग्मी ज्यूले पश्चिमको स्वास्थ्य क्षेत्रको केन्द्र भएको यस क्षेत्रमा रक्तदान गर्नुभएको यो कार्य अतिनै उपयोक्त भएको बताउनु भयो ।
रक्त सञ्चार केन्द्र बाँकेले सामूहिक रक्तदानप्रति आभार प्रकट गर्दै रक्तदानको लागि आवश्यक जनशक्ति तथा उपकरणहरूको व्यवस्था गरेको थियो भने ध्भ ीयखभ थ्यग ँयगलमबतष्यल ले रक्तदाताहरूका लागि खाजाको प्रबन्ध गरेको थियो ।