नेपालगञ्ज÷ जैबिक चौतारीको माध्याम बाट बन संरक्षणको सवाल,चुनौती र अबसर सम्बन्धी छललफल तथा सम्बाद बिषयमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
डिभिजन बन कार्यालयको सहयोग, बास नेपालको आयोजनामा फागुन ४ गते मंगलवार नरैनापुर गाउँपालिका वडा नम्बर ४ को सामुदायिक बनको हलमा सम्पन्न उक्त संबाद कार्यक्रममा सहभागीहरुले आफुले भोग्नुपरेका समस्याहरु राखेका थिए ।
सदाबहार सामुदायिक बन, बारसिन सामुदायिक बन, राम जानकी सामुदाकि बन, समिर सामुदायिक बन, गणपती सामुदायिक बन, गाजी सामुदायिक बन गरी ६ वटा सामुदायिक बनबाट सहभागी रहेको कार्यक्रममा सामुदायिक बनका पदाधिकारीहरुले सामुदायिक बनहरु खोलानालाले कटान गरेको, आगलागिको समस्या, चोरी पैठारीको समस्या, मानिसहरुमा जनचेतनाको कमी, निलगाईले समस्या भएको, सामुदायिक बनको छेउमा तालजाली नहँुदा जँगली जनावारबाट बालीनालीको असुरक्षा भएको गुनासोहरु राखेको थिए ।
कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष मनोज कुमार शर्माले बिनौनामा रहेको सामुदायिक बनहरुको प्रभावकारी संरक्षणका कारण बन्यजन्तुहरु बृद्धि भएको उल्लेख गर्दै बन्यजन्तुहरुलाई चोरीशिकारी गर्नेहरुबाट बचाउन र बन्यजन्तुहरुको आक्रमणबाट नागरिकहरु जोगाउन चुनौती रहेको बताए । साथै अध्यक्ष शर्माले हामी उपभोक्ताहरु स्वयं सचेतना अपनाई बन संरक्षणमा लाग्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा सबडिभिजन बन कार्यालय नरैनापुरका पुष्कर बिश्वकर्माले बन संरक्षण लागि उपभोक्ताहरुलाई बन संरक्षण सम्बन्धी तालिम तालिमको अबश्यक्ता रहेको बताए ।
कार्यक्रममा नरैनापुर ४ का सचिव प्रबेश कुमार तमोली, सदाबहार सामुदायिक बन उपभोक्ता समितिका सचिव जदुरा लोट, गणपति सामुदायिक बन उपभोक्ता समूह अध्यक्ष राजेन्द्र कुमार दिक्षित, रामजानकी सामुदायिक बन उपभोक्ता समूह कोषाध्यक्ष देउराज बर्मा, बारसिन सामुदायिक बन उपभोक्ता समूहका ईनुस खाँन, लगायतले बनसँग सम्बन्धित बिभिन्न सवालहरु बारे बोलेका थिए ।
कार्यक्रम बास नेपालका सिएफए ज्योती बुढाले सहजिकरण गरेकी थिईन् ।