डाक्टर किशोर खत्री
संयोजक, दाङ वाकाथन
डाक्टर किशोर खत्री पेशाले चिकित्सक हुनुहुन्छ । वहाँ आफ्नो जिम्मेवारीसँगै आम नागरिकहरुलाई स्वस्थ बनाउनका लागि प्रभातकालिन हिँडाई अभियानलाई प्रबद्र्धन गरिराख्नु भएको छ । हरेक दिन बिहान हिँड्ने र अरुलाई हिंड्न उत्प्रेरित गर्ने वहाँको दैनिकि जस्तै बनेको छ । बिगत लामो समय देखि नागरिकहरुलाई स्वस्थ बनाउन कम्मर कसेर लागिरहनुभएका डाक्टर खत्रिको नेतृत्वमा यहि फाल्गुण ७ गते बिहान ७.०० बजे दांगको तुलसिपुर ५ अरनिको मैदानबाट शुरु भई टरिगाउँ बिमानस्थल हुँदै पुनः अरनिको मैदान सम्म वाकाथन दाँग हुँदैछ, सोही कार्यक्रमको सन्दर्भमा डाक्टर खत्रीसँग गरिएको कुराकानी यहाँ प्रश्तुत गरिएको छ ।
१. तपाईंको नेतृत्वमा भईरहेको प्रभातकालिन हिंडाईको उद्देश्य के हो ?
– यसको उद्देश्य भनेकै आफू स्वस्थ रहने, रोग लाग्नु भन्दा रोगनै लाग्न नदिनु (Prevention Is Better Than care) हो । बिहान सबेरै हिंड्दा दिमागमा Dopamine, adrenaline, Serotonin, Evphorin जस्ता राम्रा राम्रा हर्माेनहरु निक्लिदा मन मस्तिष्कमा आनन्दमय भई शरिरलाई स्वस्थ राख्न मद्धत गर्छ । बिहानी हिँडाई रोग लाग्न नदिन लामो समय बाँच्न सम्पुर्ण नागरिकले स्वस्थ रहन लगाउनुपर्ने खोप हो । प्रत्येक दिनको प्रात कालिन हिँडाईनै योे खोप हो ।
२. कहिले देखि यो अभियान शुरु गर्नु भयो ? अभियान कसरी अगाडी बढिरहेको छ ?
– यो अभियान अभियान बिगत १५ वर्ष देखी जारी छ । नयाँ ठाउँ नयाँ गाउँ नयाँ जनसमुदाय माझ गई हिँडाई गर्दै स्वास्थ्य सम्बन्धि जनचेतना मूलक सन्देस दिदै Facebook, Tiktok, YouTube जस्ता सामाजिक सञ्जाल प्रयोग गरी स्वास्थ्य सम्बन्धि जानकारी मुलक भिडियो पोष्ट गर्दै अघि बढिरहेको छ ।
३. फाल्गुण ७ गते हुन लागेको वाकाथनको उद्देश्य के हो ?
– यसको उद्देश्य स्वास्थ्य समाज हाम्रो चाहना बिहानीको हिँडाई हाम्रो साधना हो । यसको उद्देश्य स्वास्थ्य सचेतना बिस्तार गर्ने तथा दाङ जिल्लाका पर्यटकीय धार्मीक स्थलहरुको प्रबद्र्धन गर्ने हो । यसको मुख्य उद्देश्य सयौं थुँगा फूलका हामी एउटै माला नेपाली सबै जातजाती धर्म, लिंग, पेशा, संस्कृति रितीरिवाजलाई एउटै फूलको मालामा समेट्नु हो ।
४. कसरी हुँदैछ तयारी ? कार्यक्रममा के के हुन्छ ? को को सहभागी हुँदै हुनुहुन्छ ?
– यसको तयारी बिहान बिहान समुदायमा हिंड्दै हिडाउँदै समाजवासीलाई जागरुक गराउँदै यसको महत्व दर्शाउँदै भइरहेको छ ।
५. वाकाथन सफल पार्नका लागि तपाईंको सन्देश के छ ?
– यो कार्यक्रम सफल पार्न सबैलाई अनुरोध छ । कार्यक्रममा स्वागत सहित स्वास्थ्य जीवनशैलीका बारे छोटो जानकारी दिईनेछ । यो कार्यक्रममा व्यापक सहभागिता हुने अपेक्षा छ । यो कार्यक्रममा ऐक्यबद्धता जनाँउदै हामीसंग हिँड्का लागी महा नायक राजेश हमाल र म्याराथन धावक हरि रोकाय आउँदै हुनुहुन्छ ।